बाढीले टहरा बगाएपछि जोगिन रुख चढेका मुखियाको २४ घण्टापछि उद्धार « Khabarhub

बाढीले टहरा बगाएपछि जोगिन रुख चढेका मुखियाको २४ घण्टापछि उद्धार


२७ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लहान- कमला नदीको बाढीबाट जोगिन रुख चढेका एक जनाको २४ घण्टापछि उद्धार गरिएको छ । बाढीबाट जोगिन बिहीबार रुख चढेका सिरहाको कर्जन्हा नगरपालिका–२ का ५५ वर्षीय बेत्रु मुखियाको शुक्रबार साँझ नेपाली सेनाको टोलीले उद्धार गरेको हो ।

प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीका अनुसार कमला नदीको बीचमा रहेको रुखमा चढेका मुखियालाई धनुषाको पोर्ताहा क्षेत्रबाट गएको सेनाको टोलीले उद्धार गरेको हो ।

दिनभर पानीको बहाव नघटेका कारण उद्धारमा कठिनाइ भएको थियो । प्रतिकूल मौसमका कारण उद्धारका लागि काठमाडौँबाट हेलिकप्टर आउन सकेको थिएन । मुखिया कमला नदीको बगरमा टहरा बनाएर तरकारी खेती गर्दै आएका थिए । गएराति बाढीले टहरा बगाएपछि मुखिया ज्यान जोगाउन रुख चढेका थिए ।

छ सय परिवार विस्थापित

वर्षासँगै कमला नदीमा आएको बाढीका कारण सिरहामा ६०० भन्दाबढी परिवार विस्थापित भएका छन् । उनीहरुलाई उद्धार गरी सुरक्षित स्थानमा लगिएको प्रमुख जिल्ला अधिकारी अधिकारीले बताए ।

बाढीका कारण सिरहा नगरपालिका–६ बसपिट्टा, लहान नगरपालिका–१ र २ मिलनचोकको बस्ती डुबानमा परेको छ । वर्षापछि कमला, बलानलगायत नदीको पानीको सतह बढेको छ ।

प्रकाशित मिति : २७ असार २०७६, शुक्रबार  ११ : २२ बजे

बाँकेमा पुनः ३ जनामा कोरोना सङ्क्रमण पुष्टि

नेपालगञ्ज – बाँकेमा तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ

‘आत्मनिर्भर छोरी सशक्त व्यास नगर’

तनहुँ– व्यास नगरपालिका कार्यालयले ‘आत्मनिर्भर छोरी सशक्त व्यास नगर’ नीति

राष्ट्रियसभाबाट ‘रेल्वे विधेयक, २०७९’ पारित

काठमाडौँ– राष्ट्रियसभाबाट ‘रेल्वे विधेयक, २०७९’ पारित भएको छ । राष्ट्रियसभाको

के नेपालमा छद्‌म युद्ध लड्दै छ चीन ?

पछिल्लो समयमा नेपाललाई अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम एसपीपीसँग भएको आबद्धता

पोखरा–३३ मा ल्यान्डफिल्ड साइट राख्ने निर्णय खारेजीको माग

गण्डकी– पोखरा महानगरपालिकाले वडा नं ३३ भरतपोखरीमा ल्यान्डफिड साइट राख्ने