मौसम खराबीले विमान हल्लियो, आकस्मिक अवतरणका क्रममा ३७ जना घाइते | Khabarhub Khabarhub

मौसम खराबीले विमान हल्लियो, आकस्मिक अवतरणका क्रममा ३७ जना घाइते


२७ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

होनोलुलु– एअर क्यानाडाको विमान मौसममा खराबीका कारण अमेरिकाको हवाई राज्यस्थित होनोलुलुमा आकस्मिक अवतरण गरिँदा ३७ जना घाइते भएका छन् ।

एयर क्यानाडाको ७७७–२०० विमान क्यानाडाको भ्यान्कुभरबाट सिड्नी जान लागेको थियो ।

उक्त विमानमा २६९ जना यात्रु र १५ जना चालक दलका सदस्य रहेका थिए । उडिरहेको विमान मौसमको खराबीका कारण हल्लिएको बताइएको छ ।

जहाजमा बसिरहेका यात्रुहरुले त्यस समयमा ‘सिटबेल्ट’ नलगाएका र जहाज मौसमका कारण अकस्मात हल्लिन थालेपछि यात्रुहरु जहाजका विभिन्न भागमा ठोक्किन पुगेका थिए ।

यहीक्रममा यात्रीहरु घाइते भएका एयर क्यानाडाले विज्ञप्ति प्रकाशन गरी जानकारी दिएको छ ।

अस्पताल भर्ना भएकामध्ये नौ जना गम्भीर रुपमा घाइते भएको एयरलाइन्सले जनाएको छ ।

प्रकाशित मिति : २७ असार २०७६, शुक्रबार  ३ : १६ बजे

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार सन्

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार तदनुसार

आज २०८१ साल वैशाख १३ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार तदनुसार

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या