डडेल्धुराका ९ चिकित्सकले सुरक्षा नभएको भन्दै जिल्ला अस्पताल छाडे | Khabarhub Khabarhub

डडेल्धुराका ९ चिकित्सकले सुरक्षा नभएको भन्दै जिल्ला अस्पताल छाडे


२७ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कार्यक्षेत्र  सुरक्षीत नभएको भन्दै डडेल्धुराका चिकित्सकहरुले जिल्ला नै छाडेका छन् ।  पोष्टमार्टम कक्षमै चिकित्सकमाथी हातपात हुँदा पनि स्थानीय प्रशासनले सुरक्षा नदिएको भन्दै अस्पतालमा कार्यरत ९ जना चिकित्सकले जिल्ला अस्पताल नै छाडेका हुन् ।

उनीहरु अहिले नेपाल चिकित्सक संघले उपलब्ध गराएको धनगढी स्थित होटलमा रहेका छन् । जिल्ला अस्पतालमा बुधबार मोटरसाइकल दुर्घटनामा परेका एक युवकको शव पोष्ट मार्टमको क्रममा मृतकका आफन्तले चिकित्सकहरुमाथि हातपातको प्रयास गरेको चिकित्सकको आरोप छ ।

मृतकका आफन्तले चिकित्सक माथी हातपात गर्दै पोष्ट मार्टम पुरा नहुँदै शव लिएर गएको पीडित एक चिकित्सकले  खबरहबलाई बताए ।  ‘हामीले त्यहा गएर काम गर्ने अवस्था नै छैन, हामी त्यहाँ गएर काम गर्न सक्छौं जस्तो लाग्दैन, हामीमाथि हातपात गर्ने व्यक्तिलाई कारबाही भए मात्रै हामी कार्यक्षत्रमा फर्कन्छौं,’ उनले भने, ‘पहिला पनि यस्तै घटना भइरहेको छ, हाम्रो सुरक्षा नै नभएपनि बिरामीको राम्रो सेवा कसरी गर्ने ?’

के भएको थियो घटना ?

असार २५ गते दुर्घटनामा परी मृत्यु भएका एक युवकको शव पोष्ट मार्टमको लागि डडेल्धुरा अस्पतालमा ल्याइयो ।

जिल्ला प्रहरी कार्यलयको पत्राचार अनुसार नै मृतकको पोष्ट मार्टम गर्नु भनेर पत्र पठाएपछि अस्पतालले शव बिहान ११ः ३५ मा मृतकको शव पोष्टमार्टम गर्न शुरु गर्‍यो ।

अस्पतालभित्र पोष्ट मार्टम चलिरहेकै अवस्थामा अमरगढी नगरपालिकाका वडा अध्यक्ष सहितका स्थानीयको भिडले शव परिक्षण गरीरहेका डाक्टर दिशेन उपाध्याय लगायतका अन्य डाक्टरलाई गाली गर्दै हातपात र ढुंगा प्रहार गरे । उनीहरुले पोष्ट मार्टम भइरहेको शव पोष्ट मार्टम पुरा नहुँदै अस्पतालबाट उठाए ।

अस्पतालमा चिकित्सकलाई नै हातपाट गरी परिक्षण भइरहेको शव उठाएपछि चिकित्सकहरुले २५ गते नै स्थानीय प्रशासनसँग सुरक्षाको माग गर्दै पत्राचार नै गरे । चिकित्सकहरुले अस्पतालमा हुलदंगा गरी चिकित्सकलाई हातपात गर्नेलाई कारबाहीको माग गर्दै सोही दिनदेखि नै आकस्मिक बाहेकका सेवा बन्द गरे ।

आफूहरु असुरक्षित रहेको भन्दै स्थानीय प्रशासनमा ध्यानाकर्षण गराउदा समेत स्थानीय प्रशासनले चिकित्सकलाई सुरक्षा नदिएको भन्दै डडेल्धुराका चिकित्सकहरु शुक्रबार बिहानै कार्यक्षेत्र छाडेर धनगडी आएका हुन् ।

यसअघि पनि सुत्केरीको उपचारको क्रममा मृत्यु हुँदा डडेल्धुरा अस्पतालमा तनावपूर्ण भएको थियो । स्वास्थ्यमन्त्रालयबाटै छानविन कमिटि गएर समस्या समाधान गरेपनि चिकित्सकहरु कार्यक्षेत्रमा लागेका थिए ।

अस्पतालमा ९ जना चिकित्सकले काम छाडेपछि डडेल्धुरा अस्पतालको सेवा प्रभावित भएको छ ।

प्रकाशित मिति : २७ असार २०७६, शुक्रबार  ३ : २० बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६