खोलाले बगाउँदा घाँस काट्न गएका बृद्ध बेपत्ता « Khabarhub

खोलाले बगाउँदा घाँस काट्न गएका बृद्ध बेपत्ता


२७ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– महोत्तरीको रातो खोलामा आएको बाढीमा बगेर शुक्रबार बिहान एक वृद्ध बेपत्ता भएका छन् । बलवा नगरपालिका–२ का ७० वर्षीय हनिफ बैठा खोलामा बगेर बेपत्ता भएका हुन् ।

विगत ३ दिनदेखि परेको अविरल वर्षाका कारण रातो खोलामा आएको बाढीले शुक्रबार बिहान ११ बजेतिर बैठालाई बगाएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए । घाँस काट्न वनमा गएको बैठाले खोला तर्न खोज्दा बाढीले बगाएर लगेको प्रहरीले जनाएको छ ।

बाढीले मानिस बगाएको सूचना प्राप्त हुनासाथ प्रहरी नायब उपरीक्षक बुढाथोकीको नेतृत्वमा खटिगएको प्रहरी टोली र सशस्त्र प्रहरी बेस क्याम्प बनौटाबाट खटिएको सशस्त्र प्रहरीले रातो खोलाको किनारामा पर्ने विभिन्न स्थानमा बैठाको खोजतलास गरिरहेका छन् ।

प्रकाशित मिति : २७ असार २०७६, शुक्रबार  १ : ५१ बजे

हेटौंडा उपमहानगरका जनप्रतिनिधिले लिए शपथ

हेटौंडा – हेटौंडा उपमहानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरूले पद तथा गोपनीयताको शपथ

७२७ स्थानीय तहको परिणाम सार्वजनिक, कुन दलले कति जिते ?

काठमाडौँ – देशभरका ७२७ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक

रौतहटमा ट्र्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु 

रौतहट – रौतहटको देवाही गोनाही नगरपालिका–८ संग्राहलय चोकमा ट्र्याक्टरको ठक्करबाट

स्थानीय निर्वाचनमा युवा उद्‍घोष

मधेस प्रदेशमा मधेसका दलहरू नै पछाडि परेको विश्लेषण प्रस्तुत भइरहेको

सर्लाहीको बरहथवाको मेयर उपमेयरमा एमाले विजयी

सर्लाही – सर्लाहीको बरहथवा नगरपालिकामा नेकपा एमालेले जित हासिल गरेको