महिनौं अघि खनिएका खाडल नपुर्दा बालबालिका मात्र होइन ठूलै मान्छे पनि डुब्ने त्रास | Khabarhub Khabarhub

महिनौं अघि खनिएका खाडल नपुर्दा बालबालिका मात्र होइन ठूलै मान्छे पनि डुब्ने त्रास


२७ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– झापाको मेचीनगर–१३ स्थित चारआलीमा सडक किनारमा पानी निकासका लागि भन्दै लापरवाहीपूर्वक खनिएका गहिरा खाडल नपुरिँदा ठूलो दुर्घटना हुने सम्भावना बढेको छ ।

केचना–चारआली मार्गअन्तर्गत चारआलीको दक्षिण सडकको पूर्वी किनारमा मान्छे डुबाउने गहिरा खाडल सडक निर्माणकै क्रममा खनिएका थिए ।

नालीको नाममा खाडल खनिएको महीनौं भइसक्दासमेत न त ढल निकास र ढक्कनको व्यवस्था गरिएको छ, न त खाडल नै पुरिएका छन् । बर्खा लागेसँगै ती खाडल भरिएकाले बालबालिका मात्र होइन, ठूलै मान्छे पनि डुब्ने त्रास बढेको स्थानीय पुण्यप्रसाद न्यौपाने बताउँछन्। ढल निकासको प्रबन्ध नगरिएको र बर्खामा दुर्घटना बढ्ने सम्भावना बढेको भन्दै स्थानीयवासीले सरकारी निकायसँग तत्काल समस्याको समाधान खोज्न माग गरेका छन् ।

पुण्यप्रसाद न्यौपानेको नेतृत्वमा सयौँ स्थानीयवासीले मेचीनगर नगरपालिको वडा नं १३ को कार्यालय र डिभिजन सडक कार्यालय विर्तामोडमा मागपत्र पेश गरेका छन् । मागपत्रमा नाली खनिएको खाडलमा केटाकेटी डुब्ने अवस्था सिर्जना भएको विषयमा नगरपालिका र सडक कार्यालयको ध्यानाकर्षण गरिएको छ । स्थानीय टोल संयोजक हर्कबहादुर भट्टराईले नालीको निर्माण गर्दा सडकको सतहलाई ध्यानमा राख्नसमेत माग गरेका छन् ।

यसैबीच, चारआलीका सन्तोष न्यौपानेले आफ्नो घर अगाडिको समथर भाग डोजरले खोतलेर पुल लगाउनुपर्ने गरी खाल्डो खनिएकामा आपत्ति जनाएका छन् । “दिउँसो हामी घरमा थिएनौँ”, सामाजिक एवं राजनीतिक व्यक्तित्व न्यौपानेले घटना सुनाउँदै भने “बेलुका पुग्दा त घर पस्ने बाटोमा हात्ती डुब्ने जत्रो खाल्डो खनिएको पायौँ ।”

बिहान सरासर हिँडेर पुग्न सकिने घरमा बेलुकादेखि पुल लगाउनुपरेको न्यौपानेको गुनासो छ । न्यौपाने र उनकै छिमेकीको घर अगाडि मात्र डोजर लगाएर खाल्डो खनिएको देखिन्छ ।

प्रकाशित मिति : २७ असार २०७६, शुक्रबार  ११ : ०५ बजे

एलोन मस्कको  भारत भ्रमण स्थगित

नयाँदिल्ली– अर्बपति एलोन मस्कले आफ्नो भारत भ्रमण स्थगित गरेको बताएका

कुम्भमेलामा १० दिनमा दुई लाख दर्शनार्थी सहभागी

धरान– सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराधाममा सञ्चालन भइरहेको १२ वर्षे पिण्डेश्वर

अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिन जाने उसु खेलाडीको बिदाई

काठमाडौं– चीनमा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिन २० सदस्यीय

एमाले महाधिवेसन प्रतिनिधि सम्मेलन (फोटोफिचर)

काठमाडौंं– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजबाट सुरु