विराटनगर डुब्यो, पहिरोले नदी थुनिएपछि बाजुरा बगाउने खतरा ! | Khabarhub Khabarhub

विराटनगर डुब्यो, पहिरोले नदी थुनिएपछि बाजुरा बगाउने खतरा !


२७ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लगातारका वर्षाका कारण विराटनगरका अधिकांश क्षेत्र जलमग्न भएका छन् । कोशी अञ्चल अस्पताल डुबेको छ।

सडकको पानी अस्पतालभित्र पस्दा औषधि पसलसहितका प्रशासनिक भवनसमेत प्रभावित बनेका छन् । विराटनगरको दक्षिणी क्षेत्रका केही बस्तीमा पानीको सतह बढेपछि डुबानमा छन् भने बजार क्षेत्रमा पनि पानी जमेको छ ।

ढलको निकास नगरी सडक उच्च बनाइदिँदा अस्पतालभित्र पानी पसेको हो । अस्पतालमा उपचार गराउन आएका सेवाग्राहीलाई समेत समस्या भएको छ। प्रदेश–१ को सबैभन्दा ठूलो सरकारी अस्पतालका रूपमा रहेको कोशी अस्पतालमा दैनिक १ हजारभन्दा बढी सेवाग्राही उपचारका लागि आउने गरेका छन् ।

यसैबीच, बाजुराको त्रिबेणी नगरपालिका वडा नं ९ पैंमाको पहिरो खस्ने क्रम जारी छ । पहिरोकै कारण बूढीगंगा नदी थुनिँदै गएपछि ताल बनेको छ । बुधबार साँझबाट निरन्तर झरी परेका कारण पहाड खस्ने क्रम जारी रहेको स्थानीयले बताएका छन्।

बूढीगंगा नदी थुनिँदा नदीकिनार आसपासका जनता त्रसित छन् । साँफे–मार्तडी सडक खण्ड अवरुद्ध हुने त्रासले लामो तथा छोटो दूरीका यातायातका साधन बल्देमै रोकिएका छन् ।

सडक तलबाट पहिरो जान थालेकाले बस बल्देमै रोक्नुपरेको बस व्यवसायीले बताए । बल्देबाट सदरमुकाम मार्तडीसम्म करिब १७ किलामिटर बाटो साना सवारीसाधान प्रयोग गर्नुपर्ने अवस्था आएको छ । आजको नेपाल समाचारपत्रमा समाचार छ ।

प्रकाशित मिति : २७ असार २०७६, शुक्रबार  ७ : ०२ बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न