पाँच दिनपछि हवाई सेवा सञ्चालन « Khabarhub

पाँच दिनपछि हवाई सेवा सञ्चालन


२९ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हुम्ला– हुम्लाको एक मात्र यातायातको साधन हवाई सेवा पाँच दिनपछि सञ्चालनमा आएको छ । बुधबारदेखिको भारी हिमपातपछि रोकिएको सिमकोट विमानस्थल मंगलबारदेखि सञ्चालनमा आएको प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुङ्गाना बताए ।

सिमकोट विमानस्थलमा जमेको बाक्लो हिउँ नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बलले तीन दिनदेखि लगातार पन्छाएपछि मंगलबार ३ बजेदेखि हवाई सेवा सञ्चालनमा आउन सकेको प्रजिअ ढुङ्गानाले बताए ।

मंगलबार ३ः३० बजेदेखि नेपालगञ्जदेखि निजी एयरलाइन्सहरु तारा, सीता, समिटले उडान भरेका थिए।  पाँच दिनसम्म आवतजावत गर्न नपाएका यात्रुलाई सहज भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक रबिन श्रेष्ठले बताए ।

प्रकाशित मिति : २९ माघ २०७५, मंगलबार  ८ : ५५ बजे

लुम्बिनी प्रदेशमा घट्यो अन्न उत्पादन 

बुटवल – अन्नको भण्डार मानिएको लुम्बिनी प्रदेशमा यस वर्ष भने

यस्तो छ आजको फलफूल तथा तरकारीको मूल्य

काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिकारअनुसार सोमबार हरियो

आज सुन र चाँदीको भाउ स्थिर, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ – साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनको भाउ

विप्लवको पार्टीबाट आएका पुन माओवादी केन्द्रीय सदस्य

काठमाडौँ – नेकपा माओवादी केन्द्रले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट

ओलीले आज संसदलाई संबोधन गर्ने

काठमाडौँ – प्रमुख प्रतिपक्ष दलका अध्यक्ष केपी शर्मा ओलीले संसद