गुलेनको समूहमा आबद्ध भएको आरोपमा ११ सय पक्राउ « Khabarhub

गुलेनको समूहमा आबद्ध भएको आरोपमा ११ सय पक्राउ


२९ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– टर्कीमा विवादास्पद धर्मगुरु फेतुल्लाह गुलेनको समूहमा आबद्ध १ हजारभन्दा धेरै संदिग्ध पक्राउ परेका छन् ।

टर्कीस प्रहरीले राजधानी अंकारासहित ७६ प्रान्तमा कारबाही गरी १ हजार १ सय १२ जनालाई पक्राउ गरेको टर्किस टेलिभिजन सीएनएन तुर्कले जनाएको छ ।

सन् २०१६ मा भएको असफल सैन्य ‘कु’ पछि टर्कीमा भएको यो वृहद स्तरको प्रहरी कारबाही हो ।

टर्कीले २ सय ५० जनाभन्दा धेरैको ज्यान जाने गरी सन् २०१६ को जुलाईमा भएको असफल सैन्य कुमा धर्मगुरु गुलेनको हात रहेको बताउँदै आएको छ । तर, अमेरिकामा निर्वासित जीवन बिताइरहेका गुलेनले भने सैन्य ‘कु’मा आफ्नो संलग्नता नरहेको दाबी गर्दै आएका छन् ।

सैन्य ‘कु’ पछि टर्कीमा करिब ८० हजार जनाभन्दा धेरै गुलेनको सञ्जालसँग आबद्ध रहेको आरोपमा पक्राउ परेका छन् भने अरु लाखौँ राष्ट्रसेवकलाई बर्खास्त गरिएको छ ।

प्रकाशित मिति : २९ माघ २०७५, मंगलबार  ७ : २१ बजे

सेयर बजार २५ अंकले ओरालाे

काठमाडौँ- सेयर बजार करिब २५ अंकले ओरालाे लागेकाे छ । 

नेपालमै बन्यो विद्युतीय मतदान यन्त्र

काठमाडौँ- रामलक्ष्मण इनोभेसन्सले नेपालमै उत्पादन गरेको निर्वाचनको लागि विद्युतीय मतदान

मोरङमा २७ हजार मतदाता थपिए

मोरङ– मोरङमा गत असार १ देखि साउन २१ गतेसम्म फोटो

अफगानिस्तानमा अविरल वर्षापछि आएको बाढीका कारण ३१ जनाको मृत्यु

काठमाडौँ- उत्तरी अफगानिस्तानको परवान प्रान्तमा अविरल वर्षापछि आएको बाढीमा परी

प्रत्यायन विधेयक संसद्‌बाट पारित 

काठमाडौँ- राष्ट्रिय सभाको सन्देशसहितको प्रत्यायन विधेयक २०७८ पारित भएको छ