अमेरिकी का.वा.रक्षामन्त्री बगदादमा | Khabarhub Khabarhub

अमेरिकी का.वा.रक्षामन्त्री बगदादमा


२९ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– कार्यवाहक अमेरिकी रक्षामन्त्री प्याट्रिक सनहन इराकको राजधानी बगदाद पुगेका छन् । इराकमा रहँदा उनले प्रधानमन्त्री अदिल अब्दुल महदीलगतयत वरिष्ठ इराकी अधिकारीहरुसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियाबाट आफ्ना सेना फिर्ता बोलाउने घोषणा गरेपछि कार्यावाहक रक्षामन्त्री सनहन इराकको राजधानी बगदाद पुगेका हुन् । उनले त्यहाँ रहेका अमेरिकी सैन्य कमाण्डहरुसँग सिरियाबाट अमेरिकी फिर्ताका विषयमा पनि छलफल गर्ने बताइएको छ ।
यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले इरान मुख्य समस्या रहेकाले इरानलाई नजिकबाट नियाल्नका लागि इराकमा अमेरिकी सेनाको उपस्थिती अनिवार्य रहेको बताएका थिए । ट्रम्पको यो भनाइको इराकमा व्यापक आलोचना भएको थियो । सनहन यसअघि हिजोमात्रै अफगानिस्तान पुगेका थिए ।

प्रकाशित मिति : २९ माघ २०७५, मंगलबार  ९ : ०९ बजे

शनिबारदेखि कीर्तिपुरमा नेपाल र वेस्ट इन्डिजको सिरिज

काठमाडौं – नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच शनिबारदेखि कीर्तिपुरस्थित

इटालीका राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं– इटालीका लागि नेपालका गैरआवासीय राजदूत रामप्रसाद सुवेदीले त्यहाँका राष्ट्रपति

नेपाल–चीन सहायता परियोजना बैठक सम्पन्न

काठमाडौ‌– नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी दुई वर्षका लागि

कर्णालीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिदै

फ्रेन्च लिग वान : पीएसजीको फराकिलो जित

काठमाडौं– फ्रेन्च लिग फुटबलमा पीएसजीले फराकिलो जित निकालेको छ ।