म्यान्मारमा अल्पसङ्ख्यक जातिको प्रदर्शन | Khabarhub Khabarhub

म्यान्मारमा अल्पसङ्ख्यक जातिको प्रदर्शन


२९ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– म्यान्मारलाई स्वतन्त्रता दिलाउने स्वतन्त्र सेनानी जनरल आङ सानको स्मारक स्थापनाका विषयमा म्यान्मारका करेन्नी जातीय समुदायले प्रदर्शन गरेका छन् ।

म्यान्मारको कयाह राज्यको राजधानी लोइकमा करन्नी जातीय समुदायका मानिसहरुले प्रदर्शन गरेको अधिकारीले जनाएका छन् । जनरल आङ सानको स्मारक स्थापना गर्न भन्दा पनि आङ सानसँग अल्पसङ्ख्यक जातीय समुदायले सन् १९४७ फेब्रुअरीमा गरेको सम्झौता कार्यान्वयन गरी आफूहरुको पहिचान, आत्मनिर्णय तथा स्वशासनको अधिकार सुरक्षित गर्न भन्दै प्रदर्शन गरिएको प्रदर्शनकारीले जनाएका छन् ।

सन् १९४७ को फेब्रुअरी १२ मा विभिन्न जातीय समुदाय र तत्कालिन बर्मा सरकारबीच भएको सम्झौतामा अल्पसङ्ख्यक जातीय समुदायहरुको अधिकार रक्षा तथा अधिक स्वशासनको विषय उल्लेख छ ।

त्यसै वर्षमा जनरल आङ सानको हत्या भएयता त्यस सम्झौता कार्यान्वयनमा आउन सकेको छैन । प्रदर्शनमा ३ हजारभन्दा धेरै करेन्नी जातीय समुदायका मानिसहरु सहभागी रहेको बताइएको छ ।

प्रदर्शनलाई नियन्त्रण गर्नका लागि प्रहरीले अश्रुग्याँस, रबरको गोली तथा पानीको फोहोरा प्रयोग गरेको जनाइएको छ । म्यान्मारका विभिन्न क्षेत्रमा अल्पसङ्ख्यक जातीय समुदायहरु आफ्नो आत्मनिर्णय तथा स्वशासनको माग गर्दै सरकारविरुद्ध युद्धरत छन् ।

प्रकाशित मिति : २९ माघ २०७५, मंगलबार  ५ : ५७ बजे

बागमती प्रदेशसभा : हिउँदे अधिवेशनका ५७ दिनमा ६ बैठक

मनहरी । बागमती प्रदेशसभाको हिउँदे अधिवेशन ५७ दिन चलेकामा छ

योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले योजना कार्यान्वयनका लागि रचनात्मक

आजका समाचार : मन्त्रिपरिषद् बैठकदेखि मोहम्मद अफताव आलमलाई जन्म कैदसम्म

मन्त्रिपरिषद् बैठक  सरकारले सहकारीका समस्या समाधानका लागि तत्काल प्रक्रिया सुरु

नारायणी नदीमा सशस्त्रको सेमुलेशन अभ्यास 

काठमाडौं- सशस्त्र प्रहरीले चितवनको नारायणी नदीमा सेमुलेशन अभ्यास सम्पन्न गरेको

सुनिल पौडेललाई थुनामा राख्न आदेश

काठमाडौं- नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेललाई विशेष अदालतले