सार्वजनिक खरिद ऐनकै कारण विकासको काम प्रभावितः मुख्यमन्त्री पौडेल | Khabarhub Khabarhub

सार्वजनिक खरिद ऐनकै कारण विकासको काम प्रभावितः मुख्यमन्त्री पौडेल


२९ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौंडा- प्रदेश नम्बर ३ का मूख्यमन्त्री डोरमणी पौडेलले विद्यमान सार्वजनिक खरिद ऐनकै कारण विकासको काम प्रभावित भएको बताएका छन् । प्रदेश सरकार गठन भएको प्रथम बार्षिकोत्सवको अवसरमा मूख्यमन्त्री कार्यालयमा भएको कार्यक्रममा बोल्दै मूख्यमन्त्री डोरमणी पौडेलले विद्यमान सार्वजनिक खरिद ऐन रहेसम्म विकासको काम अघि बढ्न गाह्रो रहेको बताए ।

उनले एउटा विकासको काम अघि बढाउन ७ देखि ९ महिना प्रक्रियामा अलमलिनुपर्ने भएकाले अपेक्षाकृत विकास हुन नसकेको बताए । संरचना तयार गर्दै प्रदेश सरकारले काम गरिरहेको र केही कानूनको अभाव रहेको समेत बताए ।

कार्यक्रममा प्रदेश ३ का सभामुख सानुकुमार श्रेष्ठ, आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेल, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँ, प्रदेशका प्रमुख सचिव आनन्दराज ढकाल लगायतको एक बर्षको कामको समिक्षा गरेका थिए ।

कार्यक्रममा प्रदेश सरकारलाई सहयोग गर्ने नेपाल पत्रकार महासंघ प्रदेश नम्बर ३, तत्कालीन प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढा, जिल्ला समन्वय समिति र कर्मचारीहरुलाई सम्मान एवं पुरस्कार प्रदान गरिएको थियो ।

प्रकाशित मिति : २९ माघ २०७५, मंगलबार  ४ : ५० बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न