फलदायी होला ट्रम्प–किम दोस्रो वार्ता ?

खबरहब

मङ्लबार, माघ २९, २०७५

Reading Time: 6 minutes

फलदायी होला ट्रम्प–किम दोस्रो वार्ता ?

अगामी फ्रेबुअरी २७ र २८ मा भियतनामको राजधानी हनोइमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनबीच दोस्रो शिखर सम्मेलनको तय गरिएको छ । आठ महिनाअघि सिंगापुरमा दुई नेताको आमने–सामने वार्तापछि हुन लागेको दोस्रो सम्मेलनलाई संसारभरबाटै निकै चासोका साथ हेरिएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्प उत्तर कोरियाली आणविक निशस्त्रीकरणको प्रयासलाई प्रतिष्ठाकै विषय बनाएर निकै आशाबादी बन्दै वार्ताको तयारीमा जुटेपनि धेरै अस्पष्टताहरु यथावतै छन् । रुढिबादी अमेरिकी संस्थापन उत्तर कोरियासँगको वार्तालाई अपमानजनक रुपमा बुझिरहेको छ भने आफ्नो उत्तर कोरियाबिरुद्धको दबाबमुलक कार्यक्रमलाई संसारभर जारी राखेको छ । ट्रम्प भने अमेरिकी परम्परागत कुटनीतिभन्दा पर गएर कुनैप्रकारको सम्झौता गरेर आफ्नो सफलता प्रदर्शन गर्न चाहन्छन् ।

ट्रम्प प्रशासनकै मन्त्रिमण्डलमा उत्तरकोरियाली मामिला निकै विवादीत छ । उपराष्ट्रपति माइक पेन्ससहितका अधिंकाश मन्त्रीहरु, सुरक्षा, कुटनीति र गुप्तर निकायहरु यस्तो वार्तालाई निकै जोखीमपूर्ण ठान्दछन् र उनीहरु फलदायी परिणाममा संशकीत छन् । उनीहरु उत्तर कोरियाले आफ्नो सम्पूर्ण आणविक हतियार त्याग्ने सुनिश्चित नभएसम्म र सघन कुटनीतिक छलफलबाट आधारशिला तय नभएसम्मको उच्चस्तरीय वार्ता निष्कर्षमा पुग्न नसक्ने ठान्दछन् । गत जनबरी २९ मा अमेरिकी संसद्लाई अमेरिकी प्रमुख गुप्तचर संस्थाहरुले उत्तर कोरियाले सम्पूर्ण रुपमा आफ्नो आणविक हतियार नत्याग्ने आफ्नो निस्कर्ष सार्वजनिक गरिदिएपछि राष्ट्रपति ट्रम्पले आफ्नै मातहतका संस्थाहरुको आलोचना गरेका थिए ।

अमेरिकी संस्थापन उत्तर कोरिया सम्पूर्ण रुपमा परमाणु हतियार त्याग्छ भन्नेमा विश्वस्त छैनन् । उनीहरु उत्तर कोरिया कठोर अन्तर्राष्ट्रिय आर्थिक प्रतिबन्धबाट हट्न केही लचक रहेपनि निशस्त्रीकरण गर्छ भन्नेमा ठुक्क छैनन्

उत्तर कोरियाली मामिला शान्तिपूर्ण वार्ताबाटै समाधान हुने ठानेको दक्षिण कोरियाली वर्तमान सत्ता भने हरतबरबाट कोरियाली प्रायद्धिपको स्थिरता कायम गर्न चाहन्छ । दक्षिण कोरिया उत्तरको आणविक कार्यक्रम साँचो अर्थमा अमेरिकी राष्ट्रिय सुरक्षा खतराको रुपमा रहेको बुझेमा अमेरिकी भीषण सैन्य कार्वाहीको जोखीम रहने र त्यसले समृद्ध देशलाई भयाभह स्थितीमा धकेल्ने ठान्दछ । दक्षिण कोरियाले आफ्नो सम्पूर्ण संयन्त्र प्रयोग गरी अमेरिकालाई उत्तर कोरियासँगको आमने सामने वार्ताको अवस्थामा पुर्‍याएको हो । अमेरिका उत्तर कोरिया मामिलालाई लामो समय तन्काउने भन्दा या त सैन्य कार्वाहीमार्फत टुग्यांउने मनस्थितीमा पुगिसकेका बेला दक्षिण कोरियाको उत्तर कोरियाली नेतृत्वसँगै पहुँचमा रहेको विशेष संयन्त्रमार्फत वार्तामा टेबुलमा ल्याइ नजिकिएको संभाब्य युद्धको जोखिम टारेको हो ।

अमेरिकी संस्थापन उत्तर कोरिया सम्पूर्ण रुपमा परमाणु हतियार त्याग्छ भन्नेमा विश्वस्त छैनन् । उनीहरु उत्तर कोरिया कठोर अन्तर्राष्ट्रिय आर्थिक प्रतिबन्धबाट हट्न केही लचक रहेपनि निशस्त्रीकरण गर्छ भन्नेमा ठुक्क छैनन् । त्यसैले उनीहरु हालको दबाब उत्तर कोरियाले आफ्नो आणविक कार्यक्रमको सम्पूर्ण बिबरण अमेरिकालाई बुझाएर निशस्त्रीकरणको प्रयास थालेपछि मात्र क्रमिक रुपमा नाकाबन्दी खुकुलो बनाउनसकिने निष्कर्षमा छन् । उत्तर कोरियाभने आर्थिक प्रतिबन्ध तत्कालै हटोस् भन्ने चाहन्छ ।

कोरियाली प्रायद्धिपमा स्थिरताबाहेक खास देखिने गरी प्रगती नहुनुमा दुई देशको वार्तामार्फत निशस्त्रीकरणमा अबलम्बन गरिने परस्परबिरोधी मार्गचित्र हो । उत्तर कोरियाले आफ्नो सम्पूर्ण बिबरण बुझाइहालेपनि अमेरिकीहरु त्यसमा विश्वस्त हुन्छन् या हुँदैनन भन्ने शंका अझै हटिसकेको छैन ।

अमेरिका–उत्तर कोरिया वार्ता भंग भएमा या हाल जारी दूर्लभ कुटनीतिक प्रयत्नहरु असफल भएमा कोरियाली प्रायद्धिपमा पुनः सैनिककरणको होड शुरु हुनेछ । अमेरिकाले वार्तामार्फत समाधान नभए अझैपनि उत्तर कोरियाबिरुद्ध ठूलो आक्रमणको बिकल्प यथावतनै राखेको छ । अमेरिका उत्तर कोरियासँगको ७ दशकभन्दा लामो शत्रुतालाई सैन्य माध्यमबाटभन्दा कुटनीतिक प्रयत्नबाटै टुंग्याउन चाहिरहेको छ । शान्तिपूर्ण कुटनीतिक बाटोबाटै उत्तर कोरियाले आणविक कार्यक्रम त्याग्न लगाउने अमेरिकी प्रयत्नमा आर्थिक र कुटनीतिक लाभ दिनसकिने बिकल्प राखेका छन् ।

उत्तर कोरिया आफ्ले आणविक निशस्त्रीकरणपछि अमेरिकासंग आफ्नो सत्ताको रक्षा र आर्थिक उन्नतीलाई प्राथमिकतामा राखेको छ तरपनि आणविक हतियार त्यागेपछि इराक र लिबियाली शासककोजस्तो हालत नहोस् भन्नेमा पनि सचेत छ ।

अमेरिका र उत्तर कोरियाली दुबै नेता छिट्टै परिणामको खोजीमा छन् । जुन सामन्य अवस्थामा वर्षौपनि लाग्नसक्छ र अमेरिकी संस्थापनको असन्तुष्टि यथावत रहेमा उत्तर कोरियाले सोचेजस्तो लाभ पाउन सक्दैन र सम्झौता भइहालेपनि बीचैमा टुट्ने खतरा कायमै रहन्छ । अर्कोतर्फ अमेरिका र उत्तर कोरियाका दुबै नेता अबिश्वसनिय र अनुमान गरिन नसकिने किसिमका छन् । यी दुबै नेता एक वर्ष अघिसम्म एकअर्का बिरुद्ध व्यक्तिगत रुपमै होच्याउने किसिमले आरोप–प्रत्यारोपमा उत्रेका थिए । दुबैले नेताले कुटनीतिक मर्यादाबाहिर गएर ब्यक्तिगत रुपमै इख लिएर एकअर्काबिरुद्धको तिखा टिप्पणी गरेका थिए । एकअर्कालाई धक्की दिइरहने दुई नेताबीच सिंगापुर शिखर सम्मेलनले व्यक्तिगत सम्बन्धमा नाटकीय सुधार ल्यायो ।

वार्तापछिपनि उत्तरकोरियामाथीको अमेरिकी रणनीतिमा परिवर्तन आएको छैन । उत्तर कोरियाले आफ्ना आक्रमण आणविक र क्षेप्यास्त्र कार्यक्रम स्थगित गरेपछि अमेरिकाले पनि आफ्नो सैन्य अभ्यास र जवाफी सैन्य शक्ति प्रदर्शन गरेको छैन । कडा दबाब श्रृजना गर्ने अमेरिकी प्रयास भने यथावतनै छ । उसले उत्तर कोरियाबिरुद्धको अन्तर्राष्ट्रिय आर्थिक प्रतिबन्धलाई कार्यान्वयन गर्न संसारभरका देशहरुलाई दबाब दिने काम यथावतै राखेको छ ।

उत्तर कोरियाको जीवन रेखा मानिने चीनको चाहनाले पनि ठूलो भूमिका खेल्नेछ । हाल अमेरिकाको सम्बन्ध चीनसँग निकैनै बिग्रेको छ र यी दुई देश ब्यापार र प्रविधिको युद्धमै छन् ।

उत्तर कोरियाले आफ्नो आणविक कार्यक्रम को विकास सन् १९९०को दशकदेखि थालेको हो । वार्तापछि आणविक कार्यक्रम त्याग्ने जनाएको उत्तर कोरिया प्रतिबद्धताबिपरति चलिरह्यो। सन् २००५ मा अमेरिका, रुस, चीन, जापान, दक्षिण कोरिया र उत्तर कोरियाका प्रतिनिधिहरुको श्रृङखलाबद्ध वार्ताहरुपछि उत्तर कोरिया आफ्नो आणविक कार्यक्रम त्याग्न राजी भएको जनाएको थियो । तर एक वर्ष नबित्दै उत्तर कोरियाले पहिलो आणविक परीक्षण गर्‍यो । सन् २०११ को अन्त्यपछि सत्ता समालेका किम जोङ उनले उत्तर कोरियाको आणविक र क्षेप्यास्त्र कार्यक्रमलाई तिब्रता दिएपछि कोरियाली प्रायद्वीपमा युद्धको बादल मडारिएको थियो।

किम जोङ उनको आगमनसंगै उत्तर कोरिया आक्रामक रुपमा आफ्नो आणविक र क्षेप्यास्त्र कार्यक्रमको विकास गरेको हो । उनले ७ वर्षमा ८९ पटक क्षेप्यास्त्र परीक्षण गरेपछि अमेरिका क्रुद्ध बनेको हो । उनले आफ्नो क्षेप्यास्त्र परीक्षणलाई अमेरिकामा ट्रम्पको आगमनसंगै बढाए भने ट्रम्पले आक्रमणको धक्की दिइ सेनासमेत कोरियाली प्रयाद्वीपमा पठाएपछि अमेरिकाले उत्तर कोरियामाथी आक्रमण गर्ने त्रास बढेको थियो । तर आक्रामक टिकाटिप्पणी र उजेत्तना दक्षिण कोरियाली मध्यस्तता र चीनको उत्तर कोरियामाथीको कठोर दबाबले कुटनीतिक बाटोतर्फ मोडीएको हो ।

उत्तर कोरियाको जीवन रेखा मानिने चीनको चाहनाले पनि ठूलो भूमिका खेल्नेछ । हाल अमेरिकाको सम्बन्ध चीनसँग निकैनै बिग्रेको छ र यी दुई देश ब्यापार र प्रविधिको युद्धमै छन् । उत्तर कोरियामा सबैभन्दाबढी प्रभाव रहेको चीनले कस्तो भूमिका खेल्छ स्पष्ट नभएपनि चीन कोरियाली प्रायद्वीपमा स्थिरता खल्बलिएमा चीनमासमेत ठूलो प्रभाव पार्ने हुँदा हाल जारी कुटनीतिक प्रयासले सार्थकता पाउनेमै आशाबादी रहेको देखिन्छ । उत्तर कोरिया रुससँग परम्परागत सम्बन्ध भएको र सीमा समेत जोडीएको देश रहेकाले वार्ताको सफलतामा रुसकोसमेत प्रभाव रहन्छ । अमेरिकाले रुसी प्रभाव क्षेत्रहरु युक्रेन, सिरिया, लिबिया र हाल भेनेजुयलामा अस्थिरता मच्चाई आफूलाई कम्जोर बनाएको ठानेको मस्कोले अमेरिकाको उत्तर कोरियासंगको वार्तालाइ कसरी हेरिरहेको छ अहिले नै स्पष्ट भइसकेको छैन ।

भर्खर

0