प्रधानमन्त्रीका लागि राजकुमारी अयोग्य « Khabarhub

प्रधानमन्त्रीका लागि राजकुमारी अयोग्य


२९ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– निर्वाचन आयोगले थाइल्याण्डकी राजकुमारी  उबोल्राताना माहिडोलको प्रधानमन्त्रीको उम्मेदवारी अयोग्य ठहर गरेकाे छ ।

थाइल्याण्डका राजा वाजिरालङ्कोर्नले आफ्नी दिदीले आउँदो चुनावमा प्रधानमन्त्रीका लागि प्रतिस्पर्धा गर्ने जनाएपछि त्यसको भर्त्सना गरेका थिए । राजाको असन्तुष्टिपछि थाइल्याण्डको निर्वाचन आयोगले राजकुमारीलाई चुनाव लड्न अयोग्य घोषित गरेको हो । राजाको असन्तुष्टिपछि राजकुमारी प्रधानमन्त्री बन्ने धोको अधुरै रहने भएको छ ।

राजकुमारीलाई प्रधानमन्त्रीका रुपमा प्रस्तावित गरेको पूर्व प्रधानमन्त्री थाक्सिन शिनावात्राको पार्टीले  पनि अब उनलाई उम्मेदवार नबनाउने निर्णय गरिसकेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । थाइल्याण्डमा आउँदो मार्चमा चुनाव हुँदैछ ।

यसअघि ६७ वर्षकी उबोल्रातानालाई पूर्व प्रधानमन्त्री थाक्सिन शिनावात्राको पार्टीले भावी प्रधानमन्त्रीको रुपमा प्रस्ताव गरेको थियो । राज परिवारको सदस्यले प्रधानमन्त्रीका लागि दाबेदारी दिनु अनुचित रहेको राजा वाजिरालङ्कोर्नले उल्लेख गरेका थिए । राजाले दिदीको कदमले देशको सँस्कृतिको अवमूल्यन हुने बताएपछि निर्वाचन आयोगले पनि राजकुमारीकाे उम्मदवारीको कदम अयोग्य सावित गरेको छ ।

प्रकाशित मिति : २९ माघ २०७५, मंगलबार  ९ : ३३ बजे

बाढीले पोल ढालेपछि विद्युत् आपूर्ति ठप्प

उदयपुर–  उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ३ स्थित लोहाले खोलाको

त्रिशूली नदीले आमा छोरालाई नै बगायो

विदुर : नुवाकोटको विदुर नगरपालिका–३ का सङ्गीता श्रेष्ठ र उनको

खेतमा धान रोप्ने क्रममा चट्याङ लागेर किशोरीको मृत्यु

कपिलवस्तु : कपिलवस्तुमा आज चट्याङ लागेर एक किशोरीको ज्यान गएको

२५ वटा फर्म अनुगमनका क्रममा ९ वटालाई कारवाही

काठमाडौँ –  सरकारले मुलुकभर एकैसाथ बजार अनुगमन सुरु गरेको छ

पोखराको ल्याण्डफिल विवाद: भरतपोखरीमा सार्न नदिने स्थानीयको अडान

पोखरा– पोखरा महानगरपालिकाले ३३ नम्बर वडाको भरतपोखरीमा ल्याण्डफिल साइट सार्ने