सिक्टा अनियमितताः कार्कीले बुझाए एक करोड १० लाख धरौटी | Khabarhub Khabarhub

सिक्टा अनियमितताः कार्कीले बुझाए एक करोड १० लाख धरौटी


२९ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सिक्टा सिँचाइको नहर निर्माणमा भ्रष्टाचार आरोपमा मुछिएका तत्कालीन आयोजना प्रमुख दिलीपबहादुर कार्कीसँग विशेष अदालतले एक करोड १० लाख रुपैयाँ धरौटी माग गरेको छ । यो समाचार आजको नागरिक दैनिकमा रुद्र खड्काले लेखेका छन् ।

अख्तिायर दुरुपयोग अनुसन्धान आयोगले कार्कीसहित राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको निर्माणसँग जोडिएका २१ जनाविरुद्ध दुई महिनाअघि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

सिक्टाको मूल नहर निर्माणमा ठेकेदार कम्पनी सिटिसिई कालिका र आयोजना निर्माणमा जुटेका कर्मचारीले आठ अर्ब ५९ करोड ८८ लाख रुपैयाँ भ्रष्टाचार गरेको अख्तिायारको अभियोगपत्रमा उल्लेख छ ।

विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी, सदस्यहरु प्रमोदकुमार श्रेष्ठ र नारायणप्रसाद पोखरेलको इजलासले मागेको धरौटीबापत एक करोड १० लाख रुपैयाँबराबरको बैंक ग्यारेन्टी बुझाएर कार्की थुनामुक्त भएका छन् ।

प्रकाशित मिति : २९ माघ २०७५, मंगलबार  ९ : ०१ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका