मोदीले पाकिस्तानी आकाश प्रयोग नगर्ने | Khabarhub Khabarhub

मोदीले पाकिस्तानी आकाश प्रयोग नगर्ने


२९ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले किर्गिजस्तानको राजधानी विस्खेकमा हुने साङ्घाई सहयोग संगठनको सम्मेलनमा सहभागी हुन जाँदा पाकिस्तानी आकाशको प्रयोग नगर्ने भएका छन् ।

भारतको परराष्ट्र मामिला मन्त्रालयलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएअनुसार विस्खेकको भ्रमणमा जानका लागि हवाईमार्गका दुई विकल्पबारे चर्चा भएको थियो । पछि भने ओमन, इरान र मध्य एशियाली मुलुकहरुबाट मोदीको विमान लगिने निर्णय लिइएको छ । साङ्घाई सहयोग संगठनको सम्मेलन यसैसाता विस्खेकमा हुँदैछ ।

यसअघि पाकिस्तानले मोदीको विमानलाई आफ्नो आकाश प्रयोग गर्न दिने जनाएको थियो ।

गत फेब्रुअरीमा दुई मुलुकबीचको सम्बन्धमा दरार उत्पन्न भएपछि पाकिस्तानले भारतीय विमानलाई आफ्नो आकाश प्रयोग गर्न दिएको छैन ।

प्रकाशित मिति : २९ जेठ २०७६, बुधबार  ९ : २६ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन