क्रिष्टियानो रोनाल्डोका १० रोचक तथ्य | Khabarhub Khabarhub

क्रिष्टियानो रोनाल्डोका १० रोचक तथ्य


२९ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

क्रिष्टियानो रोनाल्डो विश्व फुटबलमा चर्चित नाम हो । अघिल्लो सिजनबाट उनी इटालीको युभेन्टस फुटबल क्लबबाट खेल्दै आएका छन् । विश्व फुटबलमा उनको नाममा अनेक कीर्तिमान छन् । त्यस्तै, पछिल्लो पुस्तामा लियोनल मेसीसहित उनलाई महान खेलाडीको संज्ञा दिइन्छ । तपाइलाई थाहा नहुन पनि सक्छन् उनका १० रोचक तथ्य–

१. नाम

उनको नाम क्रिष्टियानो रोनाल्डो डोस सान्टोस अभिएरो हो । अभिनेतापछि अमेरिकी राष्ट्रपति बनेका रोनाल्ड रेगनको नामबाट उनका बाबुले उनको नाम रोनाल्डो राखेका हुन् ।

२. रिसाहा खेलाडी

उनलाई फुटबलमा निकै रिसाहा खेलाडीका रुपमा लिइन्छ । १४ वर्षको उमेरमा उनले आफ्नी शिक्षकलाई कुर्सीले हिर्काएका थिए । उनले शिक्षकले आफूलाई अपमान गरेका कारण आफूले कुर्सीले हिर्काएको बताएका थिए । यससँगै उनलाई विद्यालयबाट निकालिएको थियो । उनले विद्यालयबाट निकालिएपछि आफ्नो ध्यान फुटबलतर्फ लगाउन शुरु गरेका थिए ।

३. अनियमित धड्कन

१५ वर्षको उमेरमा उनलाई अनियमित धड्कनको अनियमितताको रोग लागेका थियो । लेजर शल्यक्रियापछि उनी उक्त रोगबाट मुक्त भएका थिए । शल्यक्रियाको केही दिनपछि उनी फुटबलको तालिममा फर्किएका थिए ।

४. बाल्यकाल

१९८५ फेब्रुअरी ५ मा पोर्चुगलको मेरेडिया टापुको फन्सालमा जन्मेका उनको बाल्यकाल गरिबीमा बितेका थियो । गरिबीकै कारण उनी आफ्ना दाजुभाइसँग एउटै कोठामा बस्ने गर्थे ।

५. फुटबल

उनी ७ वर्षको उमेरदेखि उनी फन्सालकै एण्डोरिन्हा फुटबल क्लबमा तालिम लिने गर्थे । उनका बाबु सोही क्लबमा किटम्यानका रुपमा कार्यरत थिए । पछि १० वर्षको उमेरमा उनी स्थानीय न्यासिओनल क्लबमा आबद्ध भएका थिए । सानै उमेरमा उनको प्रतिभालाई निखार्न न्यासिओनल क्लबको महत्वपूर्ण भूमिका रहेको बताइन्छ ।

६. स्पोर्टिङ सीपीमा करिअर

न्यासिओनलमा आबद्ध भएको दुई वर्षपछि उनी स्पोर्टिङ सीपीको युथ एकेडेमीमा भर्ना हुन गएका थिए । १ वर्षको उमेरमा उनले स्पोर्टिङ सीपीका तर्फबाट पोर्चुगिज सुपर लिगबाट आफ्नो पहिलो व्यावसायिक खेल खेलेका थिए । पछि उनले म्यान्चेष्टर युनाइटेड, रियल मड्रिड र हाल युभेन्टसबाट व्यावसायिक खेल खेल्दै आएका छन् ।

७. सीआर ७ नामक ब्रह्माण्ड नामंकरण

कसमस रेडसिफ्ट ७ अर्थात् सीआर ७ नामक ब्रह्माण्ड उनको नामबाट नामकरण गरिएको हो । त्यस्तै, उनको गृहनगर फन्सालको विमानस्थलको नाम पनि उनकै नामबाट नामकरण गरिएको छ भने उनको नामको विभिन्न ब्राण्डहरु रहेका छन् । उनकै लागि भनेर फन्सालमा संग्रहालयको समेत स्थापना गरिएको छ ।

८. सन्तान

उनका चार सन्तान छन् । उनले तीन सन्तानको अभिभावकत्व लिएका हुन् भने अर्का एक सन्तानलाई भने उनी आफैँले जन्म दिएका हुन् । उनले सन् २०१० मा क्रिष्टियानो रोनाल्डो जुनियरको अभिभावकत्व ग्रहण गरेका थिए भने सन् २०१७ मा उनले दुई जुम्ल्याहा सन्तानको अभिभावकत्व ग्रहण गरेका थिए । त्यस्तै, सन् २०१७ मै उनले गर्लफ्रेण्ड जर्जियाना रोड्रिग्वेजसँग अर्का सन्तान जन्माएका थिए ।

९. रक्सी

५२ वर्षकै उमेरमा उनका बाबु होजे डिनिस अभिएरोको मृत्यु भएपछि उनी रक्सी पिउँदैनन् । त्यस्तै, उनी नियमित रक्तदान गरिरहने भएकाले उनको शरिरमा ट्याटु पनि छैन ।

१०. धर्म

उनी आफ्नो धर्मबारे त्यतिधेरै टिप्पणी गर्न रुचाउँदैनन् । तैपनि उनको परिवार इसाई धर्मको रोमन क्याथोलिक सम्प्रदाय मान्छन् । सोही अनुसार उनी पनि रोमन क्याथोलिक हुन् । पोर्चुगलको कुल जनुङ्ख्याको ८४ प्रतिशत भन्दा धेरै रोमन क्याथोलिक रहेकाले उनी रोमन क्याथोलिक हुनु उति आश्चर्यको कुरा भने होइन ।

प्रकाशित मिति : २९ जेठ २०७६, बुधबार  ९ : २१ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०