मुस्लिम धर्मावलम्बीको हज यात्रामा पनि भ्रष्टाचार, १० जनाविरुद्ध मुद्दा दर्ता | Khabarhub Khabarhub

मुस्लिम धर्मावलम्बीको हज यात्रामा पनि भ्रष्टाचार, १० जनाविरुद्ध मुद्दा दर्ता


२९ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साउदी अरबमा हज गर्न जाने नेपाली मुस्लिम समुदायका तीर्थयात्रीका लागि सरकारले व्यवस्थापन गर्ने हवाइ टिकट खरिदमा समेत अनियमितता भएको पाइएको छ ।

साउदीको मक्का मदिनामा हज गर्न जाने नेपालीको हवाई टिकट खरिदका लागि भएको टेण्डर प्रक्रियामा नै भ्रष्टाचार भएको अख्तियारको अनुसन्धानले देखाएको छ ।

गृह मन्त्रालयअन्तर्गतको नेपाल हज समितिको सचिवालयले ११ जेठ २०७४ मा हज गर्न जाने यात्रुका लागि हवाइ टिकट खरिद गर्न टेण्डर आह्वन गरेको थियो ।

हज समितिको टेण्डरमा फ्लाइ दुवईको नामबाट युनिभर्सल टूर एण्ड ट्राभल, एयर अरेबियाको नामबाट हीना ट्राभल्स एण्ड टूर तथा इतेहाद र टर्किस एयरलाइन्सको एजेन्ट रहेको सिललिंक ट्राभल्स एण्ड टूरले कोटेशन दर्ता गरेका थिए ।

जसमध्ये युनिभर्सल टूर एण्ड ट्राभलले ८८ हजार ९ सय ९५, हीना ट्राभल्स एण्ड टूरले ९० हजार र सिललिंक ट्राभल्स एण्ड टूरले ९५ हजार ३ सय रुपैयाँ प्रतिटिकका दरले कोटेशन दर्ता गरेका थिए ।

सार्वजनिक खरिद ऐनअनुसार आह्वान भएको टेण्डरमा सबैभन्दा कम मूल्य कबोल गर्ने संस्थाको कोटेशन स्वीकृत हुनुपर्ने हो । तर, हज समितिका अध्यक्ष मोहम्मद शोहेवलगायतको संलग्नतामा दोस्रो बढी रकम कबोल गर्ने संस्था हीना ट्राभल्स एण्ड टूरको कोटेश्वर स्वीकृत भएको अख्तियारले जनाएको छ ।

हज समितिका अधिकारीले हीना ट्राभल्स एण्ड टूरसँगको मिलेमतोमा ३८ लाख रुपैयाँ बराबरको हिनामिना गरेको अख्तियारको छानबिनबाट खुलेको छ ।

अख्तियारले हज गर्न जाने मुस्लिम समुदायका व्यक्तिलाई राज्यले उपलब्ध गराउने टिकटमाथि अनियमितता गरेको आरोपमा हज समितिका अध्यक्ष शोहेवसहित सदस्यहरु अतावुल अंसारी, मोहम्मद ईब्राहिम राईन, महमद जबारदिन मिया, जमिला मियाँ, मोमिना वानु मुस्लिम विरुद्ध ३८ लाख रुपैयाँ बिगो तथा जरिवाना र कैद सजाय मागदावी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

अख्तियारले हज समितिका सदस्य सचिव भीमराज पोखरेल, लेखापाल तिलकराज पन्त र हीना ट्राभल्स एण्ड टूरका सञ्चालक दाउद हुसैनविरुद्ध पनि ३८ लाख रुपैयाँ बिगो तथा जरिवाना र कैद सजाय मागदावी गर्दै मुद्दा दायर गरेको छ ।

प्रकाशित मिति : २९ जेठ २०७६, बुधबार  ५ : २२ बजे

डोटीमा आगोले जलेर एक महिला घाइते

डोटी । डोटीमा आगोले जलेर एक महिला घाइते भएकी छन्।

उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न समिति गठन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न उच्चस्तरीय

बेलायतसँग थप समन्वय र सहकार्यको अपेक्षा छ : गृहमन्त्री

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग नेपालका लागि बेलायतका

सिरहाबाट कटुवा पेस्तोलसहित बाबु–छोरा पक्राउ

सिरहा । सिरहा प्रहरीले कटुवा पेस्तोलसहित बाबु छोरालाई पक्राउ गरेको

आजका समाचार : प्रचण्ड-देउवाबीच भेटदेखि राष्ट्रियसभा उपाध्यक्ष अर्यालको राजीनामासम्म

प्रचण्ड र देउवाबीच भेटवार्ता, के भयो कुराकानी ? प्रधानमन्त्री पुष्पकमल