दुई सातादेखि बेपत्ता बेलायती पदयात्री मृत भेटिए | Khabarhub Khabarhub

दुई सातादेखि बेपत्ता बेलायती पदयात्री मृत भेटिए


२९ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वेलिङटन– न्यूजिल्याण्डमा हराइरहेका एक बेलायती पदयात्रीको शव फेला परेको छ । दुई साताअघिबाट हराइरहेका ४९ वर्षे बेलायती पदयात्रीको शव बुधबार फेला परेको न्यूजिल्याण्डको प्रहरीले जनाएको हो ।

राजधानी वेलिङ्टननजिक रहेको टारारुआ पहाडी इलाकामा बेलायती पदयात्री ड्यारेन मारेसको शव फेला परेको जनाइएको छ । उनको एक्कासी मृत्यु भएको र उनले कुनै किसिमको शारीरिक पीडा व्यहोरेजस्तो नदेखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

गत जुन १ मा पदयात्राका लागि निस्केका उनी पूर्व निर्धारित शिविरमा नपुगेपछि उनको खोजी कार्य शुरु गरिएको थियो । खराब मौसमका कारण खोजीकार्यमा ढिला भएपछि अन्ततः उनको शव बुधबारमात्र फेला परेको अधिकारीले जनाएका छन् ।

प्रकाशित मिति : २९ जेठ २०७६, बुधबार  ५ : ०४ बजे

दिल्लीमाथि राजस्थान रोयल्स १२ रनले विजयी

काठमाडौं – इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले दिल्ली

निःशुल्क औषधीका नाममा नागरिकको जनस्वास्थ्यमा खेलबाड

काठमाडौं – कैलालीको लम्कीचुहा नगरपालिका ४ बलियाका ५० वर्षीय देशराम

विराट गोल्डकपः भुटानको विजयी सुरुवात

मोरङ– विराट गोल्ड कप ट्रष्टद्वारा विराटनगरको शहीद रङ्शालामा आयोजित रात्रिकालीन

यस्तो छ आजको मौसम 

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार

बिहीबार वर्षाले अवरुद्ध नेपाल र आयरल्याण्ड ‘ए’को सिरिज आजदेखि

काठमाडौं – बिहीबारदेखि हुने भनेको नेपाल र आयरल्याण्ड ‘ए’को टी-२०