साउदी अरबको विमानस्थलमा विष्फोट, २६ घाइते | Khabarhub Khabarhub

साउदी अरबको विमानस्थलमा विष्फोट, २६ घाइते


२९ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रियाद– साउदी अरबको दक्षिणपश्चिमी शहर अबहामा रहेको विमानस्थलमा विष्फोट हुँदा कम्तीमा २६ जना घाइते भएका छन् ।

यमनमा सक्रिय हुथी विद्रोही समूहले दाबी गरेको क्रुज क्षेप्यास्त्र आक्रमणबाट विष्फोट भएको जनाइएको छ ।

घाइते हुनेमा तीन महिला तथा दुई बालबालिकासमेत रहेको साउदी अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
हालसम्म पहिचान हुन नसकेको विष्फोटक पदार्थ विमानस्थलको आगमन कक्षमा विष्फोट भएको साउदी अधिकारीले जनाएका छन् ।

इरानसमर्थित हुथी लडाकुले यसअघि साउदी अरबको अबहा विमानस्थललाई लक्षित गरी क्रुज क्षेप्यास्त्रबाट आक्रमण गरिएको दाबी गरेको थियो ।

यमनको सीमाबाट १२५ किलोमिटर उत्तरमा रहेको अबहा विमानस्थलमा भएको आक्रमणबाट यमनमा सक्रिय हुथी विद्रोहीबाट साउदी अरबमा ठूलो सुरक्षा चुनौतिका रुपमा लिइएको छ ।

सन २०१५ यता साउदी अरब नेतृत्वको अरब गठबन्धनले हुथी विद्रोहीलाई लक्षित गरी हवाई आक्रमण गर्दै आएको छ । साउदी आक्रमणमा ठूलो सङ्ख्यामा सर्वसाधारणको ज्यान जाने गरेको भन्दै आलोचना समेत हुने गरेको छ ।

प्रकाशित मिति : २९ जेठ २०७६, बुधबार  ३ : ४८ बजे

बारम्बार तिर्खा लाग्नु पनि स्वास्थ्य समस्या हुन सक्छ !

काठमाडौँ– अहिले गर्मी मौसम सुरु भएको छ । गर्मीमा पसिना

आईपिएल : ८९ रनमा समेटिएको गुजरातमाथि दिल्लीको शानदार जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत बुधबार राति भएको

कतै मेघगर्जन र चट्याङसहितको वर्षा, कतै हावाहुरी

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

बालबालिकालाई आज भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइँदै

काठमाडौं– सरकारले ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई आज र

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख ६ गते बुधबार सन्