जनजाति महोत्सवमा जसुलाई उत्कृष्ट निर्देशकको उपाधि | Khabarhub Khabarhub

जनजाति महोत्सवमा जसुलाई उत्कृष्ट निर्देशकको उपाधि


२९ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – तेस्रो ‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव २०७६’ मा कलाकार तथा निर्देशक जसु गुरुङले उत्कृष्ट निर्देशकको उपाधि हात पारेकी छिन् । आदिवासी जनजाति चलचित्र महासंघले राजधानीको राष्ट्रिय सभागृहमा आयोजना गरेको महोत्सवमा उनलाई उत्कृष्ट निर्देशक घोषित गर्दै उपाधि प्रदान गरिएको हो ।

३ दिनसम्म चलेको महोत्सवमा १९ वटा चलचित्र प्रदर्शन गरिएका थिए । तीमध्ये जसुले निर्देशन गरेको जनजाति चलचित्र ‘म्ले क्युँ’ उत्कृष्ट दरियो । महोत्सवमा अन्य ८ विधामा पनि उपाधि प्रदान गरिएको थियो ।

यस्तै महोत्सवमा लघु फिल्मको विधाबाट ‘पुल्टी’ र सुनुवार समुदायको कथा समेटिएको वृत्तचित्र ‘छेँगु’ पनि उत्कृष्ट दरिए । त्यसै गरी उत्कृष्ट पुरुष कलाकारमा बलबहादुर गुरुङले उत्कृष्ट पुरुष कलाकारको उपाधि जिते भने विनिता थापा मगरले उत्कृष्ट महिला कलाकारको उपाधि जितिन् ।

छायांकारको उपाधि चलचित्र ‘यारी’ बाट युवराज राईले हात पारे । यसै गरी पब्लिक च्वाइस अवार्ड विधामा चलचित्र ‘रिजेनासा’ उत्कृष्ट भयो । उपाधि जितेका कलाकारलाई चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईले मेडल तथा प्रमाणपत्र प्रदान गरेका थिए ।

नेपालमा सांस्कृतिक पर्यटकको उजागर गर्ने उद्देश्यले जेठ २४,२५ र २६ गते महासंघले महोत्सवको आयोजना गरेको थियो ।

प्रकाशित मिति : २९ जेठ २०७६, बुधबार  १२ : ४१ बजे

एलोन मस्कले युट्युबसँग प्रतिस्पर्धा गर्न नयाँ एप ल्याउने !

काठमाडौं–  धनाढ्य एलोन मस्कले युट्युबसँग प्रतिस्पर्धा गर्न अर्को एप लन्च

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान

काठमाडौँ– जनता समाजवादी पार्टी, (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक

वैतेश्वरमा वडाबाटै सामाजिक सुरक्षाभत्ता वितरण 

दोलखा– दोलखाको वैतेश्वर गाउँपालिकाले वडागत रूपमा नेपाल सरकारले उपलब्ध गराउँदै

सातामा ९.२१ अंकले घट्यो नेप्से, कुन दिन कस्तो थियो बजार ?

काठमाडौं– यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.२१ अंकले घटेको छ

फेरि फिल्ममा अभिनय गर्दै ऋषि धमला

काठमाडौं– विभिन्न विषयमा चर्चामा आइरहने पत्रकार ऋषि धमला पुनः फिल्ममा