सत्ताको षड्यन्त्र गर्ने सेनापतिलाई किमले नरभक्षी माछा भएको ट्यांकीमा फ्याँके ! | Khabarhub Khabarhub

सत्ताको षड्यन्त्र गर्ने सेनापतिलाई किमले नरभक्षी माछा भएको ट्यांकीमा फ्याँके !


२९ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– उत्तर कोरियाली शासक किम जोङ उनले सत्ता ढाल्न षड्यन्त्र गरेको आरोपमा एक सेनापतिलाई क्रुर तरिकाले मृत्युदण्ड दिएका छन्।

किमले एक सेनापतिलाई निकै हृदयविदारक तरिकाको मृत्युदण्डको सजाय दिएका हुन । उनले सेनापतिलाई पिरान्हा माछाले भरिएको ट्याङ्कीमा फ्याँकेर मृत्युदण्डको सजाय दिएको जनाइएको छ । पिरान्हा माछाले मानिसलाई समेत खाने भएकाले उनलाई किमले पिरान्हा माछा भएको ट्यांकीमा फ्याँकेको जनाइएको छ ।

डेली स्टारले जनाए अनुसार सेनापतिलाई किमको आवासभित्रै बनेको पिरान्हाले भरिएको माछाको ट्याङ्कीमा फ्याँकिएको हो । सजायको यो तरिका सन् १९७७ मा रिलिज भएको जेम्स बन्डको फिल्म ‘द स्पाइ हु लभ्ड मी’ बाट प्रेरित भएको बताइन्छ ।

उक्त ट्याङ्कीमा ब्राजिलबाट ल्याइएका सयौं पिरान्हा रहेको बताइन्छ । सेनापतिलाई ट्याङ्कीमा फ्याँक्नु अघि उनको दुईटै हात काटिएको पनि डेली स्टारले बताएको छ ।

प्रकाशित मिति : २९ जेठ २०७६, बुधबार  १२ : ११ बजे

गोरखा भूकम्पको सम्झनामा फोटो प्रदर्शनी हुने

काठमाडौं । गोरखा भूकम्पको सम्झनामा बृहत् फोटो प्रदर्शनी हुने भएको

भक्तपुरमा आगलागीबाट १८ चौपाया मरे

भक्तपुर । सूर्यविनायक नगरपालिका- १, तर्खगालस्थित ओमसाई गाई फर्ममा आज

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द

झापा । झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका सीमानाका आज

युद्धका लागि उमेर पुगेका नागरिकलाई युक्रेनले स्वदेश फिर्ता बोलाउने

युक्रेन – सेनाका लागि सेवा गर्ने उमेर पुगेका पुरुषहरूलाई देश

सुनसरीको भोक्राहामा आगलागीबाट लाखौँको क्षति

सुनसरी – सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ शिवगञ्जस्थित शिशौ टोलमा आज