धरानमा अझै नियन्त्रणमा आएन डेंगुको संक्रमण, बिरामीको संख्या ४ सय पुग्यो | Khabarhub Khabarhub

धरानमा अझै नियन्त्रणमा आएन डेंगुको संक्रमण, बिरामीको संख्या ४ सय पुग्यो


२९ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सुनसरीको धरान उपमहानगरपालिकामा डैंगुको संक्रमण बढ्दै गएको छ । डेंगुको संक्रमण देखिन थालेको एक महिना हुँदा संक्रमण झनै बढ्दै गएको हो ।

धरान उपमहानगरपालिकामा ४ सय भन्दा बढी बिरामीमा डेंगुको संक्रमण भेटिएको उपमहानगरपालिकाका स्वास्थ्य संयोजक रामबाबु यादवले जानकारी दिए ।  धरानका अस्पतालहरुमा एकै दिन ८० भन्दा बढी नयाँ डेंगु बिरामीहरु अस्पताल आउन थालेका यादवले बताए।

‘हामीले डेंगु नियन्त्रणका लागि प्रयास गरीरहेको भए पनि बिरामीको संख्या झनै बढेको छ, यो रोग अझै नियन्त्रणमा आउन सकेको छैन,’ यादवले भने ।

यादवका अनुसार धरान उपमहानगरपालिकाको ८,९ १० र १५ वडामा डेंगुको संक्रमण बढी रहेको छ । उक्त क्षेत्रमा जोखिम कायमै रहेकाले सजक रहन स्वास्थ्यकर्मीहरुले सुझाव दिएका छन् ।

के हो डेंगु ?

डेंगु एक प्रकारको भाइसर हो । इडिस एनिप्टाई जातको संक्रमित पोथी लामखुट्टेको कोटाइबाट डेंगुको संक्रमण हुने गर्छ ।

डेंगुका लक्षण

–  अत्याधिक ज्वरो आउँने,

– आँखा दुख्ने,

– टाउँको दुख्ने,

– मांसपेशी तथा जोर्नीहरु दुख्ने,

– शरीरमा विविराहरु आउने,

डेंगुको संक्रमणबाट यसरी बच्नुस्

– लामखुट्टे बस्ने वातवरण नबनाउने,

– घर वरिपरिका खाल्डाखुल्डी पुर्ने,

– घर बाहिर निस्किँदा शरीर ढाक्ने कपडा लगाउने,

– लामखुट्टेले नटोक्ने क्रिमको प्रयोग गर्ने,

– झुलको प्रयोग गर्ने,

– घरमा बाल्टिन तथा भाडाहरुमा राखेको पानी छोपेर राख्ने,

– गाडीका पुराना टायरहरु व्यवस्थापनमा ध्यान दिने ।

प्रकाशित मिति : २९ जेठ २०७६, बुधबार  १२ : २० बजे

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न

गोरखा भूकम्पको सम्झनामा फोटो प्रदर्शनी हुने

काठमाडौं । गोरखा भूकम्पको सम्झनामा बृहत् फोटो प्रदर्शनी हुने भएको