यमन र माली शान्ति मिसनमा खटिँदै नेपाल प्रहरी | Khabarhub Khabarhub

यमन र माली शान्ति मिसनमा खटिँदै नेपाल प्रहरी


२९ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-राष्ट्रसंघले द्वन्द्वग्रस्त मुलुक यमन र मालीमा शान्ति स्थापनार्थ नेपाल प्रहरीलाई खटाउने भएको छ। यमनका लागि प्रहरी अधिकृतको नाम सिफारिस भइसकेको छ भने माली शान्ति मिसनमा समेत पठाउन प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। पर्यवेक्षकका रूपमा राष्ट्रसंघले नेपाल प्रहरीलाई यमन र मालीमा खटाउन लागेको हो। फ्रेन्च भाषामा पोख्त प्रहरी ती देशमा पठाउन लागिएको नयाँ पत्रिकामा खबर छ।

यमनका लागि तीन प्रहरीको नाम सिफारिस भइसकेको प्रहरीको युएन शाखाका प्रमुख एसएसपी विभूतिराज पाण्डेले बताए। मालीमा खटाउनेबारे पनि छलफल भइरहेको उनले बताए। गत कात्तिकदेखि नेपाल प्रहरी कंगो मिसनमा समेत खटिँदै आएको छ। १७ वर्षपछि नेपाल प्रहरी राष्ट्रसंघअन्तर्गत कंगो मिसनमा खटिएको हो। जहाँ हाल चारजना प्रहरी कार्यरत छन्।

हाल नयाँ मिसनहरूमा जानका लागि प्रहरी अधिकारीहरूले अंग्रेजीका साथै फ्रेन्च भाषासमेत जान्नुपर्ने भएको छ। त्यसैले प्रहरीमा फ्रेन्च पढ्ने लहरसमेत सुरु भएको छ। पछिल्लोपटक प्रहरी जान थालेका मिसनमा फ्रेन्च अनिवार्य गरिएको छ। कंगो मिसनमा पनि फ्रेन्च जान्ने प्रहरीलाई मात्र पठाइएको छ। फ्रेन्च मिसनहरूमा प्रस्ताव आएपछि प्रहरीले आफैँ पनि भाषा पढाउन थालेको छ।

कंगोबाहेक सुडान र दक्षिण सुडानमा नेपाल प्रहरीका अधिकारीहरू कार्यरत छन्। हाइटीस्थित एफपियू मिसन गत महिना मात्र बन्द भइसकेको छ। तर, केही महिनाका लागि केही प्रहरी अझै कार्यरत छन्। हाइटीबाट बस्दोबस्तीका सामान फिर्ता ल्याउने प्रक्रिया प्रहरीले अघि बढाइसकेको छ।

पछिल्ला वर्ष नेपाल प्रहरीको राष्ट्रसंघमा अवसर कम हुँदै गएको छ। तीन वर्षअघि राष्ट्रसंघले नयाँ एफपियू मिसन दिने प्रस्ताव गरे पनि प्रहरीले बन्दोबस्तीका सामान किन्न नसक्दा अवसर कम हुँदै गएको छ। प्रहरीले नयाँ मिसनका लागि लबिङ गर्दै आएको छ।

राष्ट्रसंघीय मिसनहरूमा महिला प्रहरीले प्राथमिकता पाउने भएका छन्। मिसनमा जानेमध्ये २० प्रतिशत महिला पठाउन नेपाल प्रहरीले समझदारी गरिसकेको छ। सोहीअनुसार हरेक टोलीमा महिला पठाउन थालिएको एसएसपी पाण्डेले बताए। एफपियू मिसनको छनोटमा गत वर्षदेखि नै २० प्रतशित महिला पठाउन थालिएको थियो। पर्यवेक्षक मिसनमा पनि हरेक टोलीमा महिलालाई पठाउन थालिएको छ।

संयुक्त राष्ट्रसंघले सन् २०२० सम्म शान्ति मिसनमा २० प्रतिशत महिला पुर्‍याउने नीति लिएको छ। जसअनुसार सबै देशलाई महिला सैनिक तथा प्रहरीको संख्या बढाउन निर्देशन दिएको थियो। शान्ति मिसनमा महिलाको संख्या ज्यादै न्यून भएको भन्दै राष्ट्रसंघले संख्या बढाउन लागेको हो। सोहीअनुसार नेपालबाट पनि महिलाको संख्या बढाउँदै लगेको हो। राष्ट्रसंघीय शान्ति मिसनमा जनशक्तिका हिसाबले नेपालको योगदान छैटौँ स्थानमा पर्छ। नेपाली सेनाले पनि राष्ट्रसंघीय शान्ति मिसनमा महिलाको संख्या बढाउँदै लगेको छ।

प्रकाशित मिति : २९ जेठ २०७६, बुधबार  ६ : ४५ बजे

टिकटकले प्रतिबन्ध हटाउन अमेरिकामा मुद्दा लड्ने

एजेन्सी – चीनसँगको बढ्दो टकरावबीच प्रतिबन्ध लाग्ने सम्भावना बढेपछि टिकटकले

खाना तथा खाजा खाएपछि सुप किन खाइन्छ ?

काठमाडौं– प्रायः हामी खाना खाइसकेपछि सुप चपाउने गर्छौं । न

लगानी सम्मेलन : केही अनुत्तरित प्रश्न

सरकारले ०८१ वैशाख १६ र १७ गते २ दिन अन्तरराष्ट्रिय

चित्रकलामा भविष्य खोजिरहेकी निर्मला

कञ्चनपुर– कञ्चनपुरकी कृष्णपुर नगरपालिका–१ सुन्दरीफाँटाकी २४ वर्षीया निर्मला चौधरी स्नातक

१६ औं योजना : महिला तथा बालबालिका कति प्राथमिकतामा ?

काठमाडौं – राष्ट्रिय योजना आयोग १६औं आवधिक योजना सार्वजनिक गर्ने