राष्ट्रपति भण्डारी सोमबार जनकपुर जाँदै | Khabarhub Khabarhub

राष्ट्रपति भण्डारी सोमबार जनकपुर जाँदै


२९ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारी सीता नवमीको अवसर पारेर सोमबार जनकपुरको जानकी मन्दिर जाने भएकी छिन् । सीता नवमीका अवसरमा जानकीमन्दिरमा हुने पूजाअर्चनामा राष्ट्रपति भण्डारी सरिक हुने भएकी हुन् । साथै भारतका विशिष्ट अतिथि र महन्थ तथा साधुसन्त समेत जनकपुर पुग्नेछन् ।

राष्ट्रपति लगायतको भ्रमण तालिका तय भएका बेला जनकपुर उपमहानगरका मेयर लालकिशोर साह भने तनाबमा देखिएका छन् । विशिष्ट पाहुनाहरुको स्वागतका लागि मन्दिर परिसर क्षेत्र सरसफाई गर्नुपर्ने समयमा सरसफाई कर्मचारीहरु आन्दोलित भएका कारण मेयर साह तनाबमा देखिएका हुन् ।

साढे चार महिनादेखि तलब नदिएको भन्दै ज्यालादारीमा कार्यरत ५६ सरसफाई कर्मचारीले आइतबारदेखि आन्दोलन शुरु गर्दै उपमहानगर परिसरमा धर्नामा बसेका छन् । साढे चार महिनाको तलब र करार नियूक्ति नदिएसम्म काममा नफर्किने धर्ना बसेका राजिन्द्र मेस्तरले बताए ।

सरसफाई कर्मचारीको नेतृत्व गरिरहेका प्रमेश्वर मेस्तरले पकट पटक तलब उपलब्ध गराउन मेयर साहलाई ध्यानाकर्षण गराउँदा पनि वास्ता नगरेको गुनासो गरे । धर्ना स्थल पुगेर मेयरले कर्मचारीका माग पूरा हुने आश्वासन दिँदा पनि कर्मचारीले वेवास्ता गरेका छन् । उनीहरुले लिखित प्रतिबद्धता नजनाएसम्म आन्दोलन जारी राख्ने बताएका छन् ।

प्रकाशित मिति : २९ बैशाख २०७६, आइतबार  ७ : २४ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका