वार्षिक ३ सय क्यान्सरका बिरामी पुग्ने तिलगंगामा छैन सरकारी सहुलियत | Khabarhub Khabarhub

वार्षिक ३ सय क्यान्सरका बिरामी पुग्ने तिलगंगामा छैन सरकारी सहुलियत


२९ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–तिलगंगा आँखा अस्पतालमा उपचार गराउने क्यान्सरका बिरामीहरु सरकारी सहुलियत लिनबाट बञ्चित भएका छन् । सरकारले विपन्न नागरिक औषधि उपचार कोषमार्फत क्यान्सरका बिरामीलाई उपचारमा एक लाख सहुलिएत दिँदै आएको छ ।

क्यान्सरको उपचारमा सहुलियत पाउँनका लागि कोषले अस्पतालहरुको नाम सुचिकरण गरेको हुन्छ । तिलगंगा अस्पताल उक्त कोषमा सूचीकृत नहुँदा त्यहा उपचार गराउने आँखाका क्यान्सरका बिरामीहरु सरकारी सहुलियत पाउनबाट बञ्चित भएका हुन् । आँखामा क्यान्सर भएका वार्षिक ३ सय बिरामीको उपचार हुने गर्छ ।

बिरामलाई सरकारी सहुलियत दिलाउन आफूहरुले दुईवर्ष अघिदेखि पहल गरेपनि स्वास्थ्य मन्त्रालयबाटै अस्पताललाई सूचीकरणमा नराखिएको अस्पतालका निर्देशक डा रोहित सैजुंले बताए ।

‘हामीले क्यान्सरका बिरामीलाई सरकारी सहुलियत दिनका लागि दुईवर्ष अगाडि नै पहल गरेका थियौं,’ डा सैजुंले भने, ‘मन्त्रालय पनि धेरै पटक धाएँ तर हाम्रो अस्पतालमा बजेट पाउने सूचीकरणमै परेन । निजी अस्पतालहरुले क्यान्सरको उपचारमा सहुलियत पाइरहदा हाम्रो जस्तो अस्पतालले सहुलियत नपाउँनु दुःखको कुरा हो ।’

सरकारी सहुलियत नआएपनि विपन्न वर्गका बिरामीलाई अन्य क्षेत्रमा आर्थिक सहयोग जुटाएर उपचार गराइएको निर्देशक डा सैजुंले बताए ।
सरकारले विपन्न नागरिक औषधि उपचार कोषमा वार्षिक एक अर्व १० करोड बजेट विनियोजन गर्ने गरेको छ ।

हाल सरकारी तथा नीजि गरी ८२ वटा अस्पतालहरु सहुलियत पाउने अस्पतालमा सूचीकृत छन् भने, ६९ वटा अस्पतालले नियमित सेवा पनि दिइरहेका छन् । यता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव डाक्टर पुष्पा चौधरीले तिलगंगा अस्पताललाई क्यान्सरको उपचारमा सहुलियतको व्यवस्था गर्न पहल गर्ने बताएकी छन् ।

‘तिलगंगा अस्पतालमा धेरै आँखाका क्यान्सरको बिरामीको उपचार हुने रहेछ, अर्थ मन्त्रालयले प्रयाप्त बजेट नदिदाँ हामीले यो अस्पतालमा सेवा लिने क्यान्सरका बिरामीलाई सहुलियत उपलब्ध गराउन सकेका छैनौं । आगामी बजेटमा सुहलियतको व्यवस्था गर्न पहल गर्नेछु ।’

प्रकाशित मिति : २९ बैशाख २०७६, आइतबार  २ : ०७ बजे

कांग्रेस सांसद खड्काले कब्जा गरेको स्काउटको जग्गामा सिलबन्दी

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभाका सांसद दीपक खड्काले

इरानमा हमला भएकै दिन तेलको मूल्य ३ प्रतिशत बढ्यो

काठमाडौं – विश्वबजारको महत्वपूर्ण तेल निर्यातकर्ता इरानमाथि इजरायलले मिसाइल आक्रमण गरेकै दिन

हार्दिक पाण्डेयलाई १२ लाख जरिवाना

काठमाडौं- आइपिएल टिम मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्ड्यलाई १२ लाख

तनहुँमा सात दशमलव पाँच किलोमिटर सडक कालोपत्र

तनहुँ– गण्डकी प्रदेश सरकारबाट बजेट विनियोजन भएपछि तनहुँमा चालु आर्थिक

काठेखोलामा आधारभूत अस्पताल निर्माण हुँदै

ढोरपाटन– बागलुङको काठेखोला गाउँपालिकाले पाँच शय्याको आधारभूत अस्पताल निर्माण थालेको