आजदेखि अस्पताल क्षेत्रमा सुर्तीजन्य पदार्थ सेवन गरे जरिवाना | Khabarhub Khabarhub

आजदेखि अस्पताल क्षेत्रमा सुर्तीजन्य पदार्थ सेवन गरे जरिवाना


२९ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज (आइतबार) देखि काठमाडौं उपत्यका भित्रका अस्पताल परिसरमा सुर्तीजन्य पदार्थको प्रयोगमा पूण प्रतिबन्ध लगाइएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौं र अस्पतालहरुको पहलमा उपत्यकाका सबै नीजि तथा सरकारी अस्पतालहरुमा आजदेखि सुर्तीजन्य पदार्थको प्रयोगमा पूर्ण निषेध गरिएको हो ।

अस्पताल क्षेत्रहरुमा सुतीजन्य पदार्थको बिक्री तथा सेवनको क्रम बढ्दै गएपछि प्ररहीले अभियानकै रुपमा अस्पतालको सय मिटरको दुरीमा सुर्तीजन्य पदार्थ बिक्री वितरण र सेवन गर्न नपाइने नियम कार्यन्वयनको थालनि गरेको हो । प्रहरीले आज उपत्यका भित्रका ११ वटा अस्पतालपरिसरमा सुर्तीजन्य पदार्थ निषेध सम्बन्धि सचेतना कार्यक्रम नै सञ्चाल गरेको छ ।

आजदेखि काठमाडौंका वीर अस्प्ताल, राष्ट्रिय ट्रमा सेन्टर, त्रिवि शिक्षण अस्पताल, आर्मी अस्पताल, प्रहरी अस्पताल, कृतिपुर अस्पताल, सिभिल अस्पताल, गंगालाल अस्पताल, प्रसूति गृह लगायतका ११ वटा अस्पतालहरुमा विषेश अभियान नै सञ्चालन भएको महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता एवं डिएसपी होविन्द्र बोगटीले बताए ।

‘अस्पलतालको सय मिटर क्षेत्रभित्र सुर्तीजन्य पदार्थ विक्रीवितरण र उपभोग केही पनि गर्न पाइदैन, प्रवक्ता बोगटीले भने, ‘हामीले पहिलो पटक सचेतना दिन्छौं । सचेतनाको कार्यक्रम पछि पनि सुर्तीजन्य पदार्थको प्रयोग भएको पाइएमा जरिवाना गछौं ।’

अस्पतालक्षेत्रमा सुर्तीजन्य पदार्थ प्रयोग गर्नेलाई एक सय जरिवाना गर्ने र जरिवाना पछि पनि सुर्तीजन्य पदार्थको गरेमा जरिवाना थप गर्दै जाने डिएसपी बोगटीको भनाइ ।

प्रकाशित मिति : २९ बैशाख २०७६, आइतबार  १ : ३५ बजे

बिहीबारदेखि लेखा व्यवसायीहरूको तेस्रो राष्ट्रिय सम्मेलन, आईएफएसी अध्यक्ष रेसमौकीले सम्बोधन गर्ने

काठमाडौंऔ- लेखा व्यवसायीहरूको तेस्रो राष्ट्रिय लेखा व्यवसायी सम्मेलन बिहीबारदेखि राजधानीमा

विधेयक बनाउँदा आदिवासी जनजाति महिलाका विषय समेट्न माग

काठमाडौं– सरोकारवालाहरूले विधेयक निर्माण गर्दा आदिवासी जनजाति महिलाका विषय प्राथमिकतामा

धार्मिक पर्यटन प्रवर्द्धनमा निजी क्षेत्रले सहकार्य गर्ने

गलकोट– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा धार्मिक

साहित्यकार तथा गीतकार प्रकट पङ्गेनीको निधन

पोखरा– साहित्यकार तथा गीतकार प्रकट पङ्गेनीको निधन भएको छ ।

राजनीतिक स्थितिको प्रभाव कानून निर्माणमा छ : अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालले मुलुकको राष्ट्रिय राजनीतिक परिस्थितिले कानून