संसदमा कांग्रेसको प्रस्ताव : ६५ वर्षमै वृद्ध भत्ता दिइयोस् | Khabarhub Khabarhub

संसदमा कांग्रेसको प्रस्ताव : ६५ वर्षमै वृद्ध भत्ता दिइयोस्


२९ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले ज्येष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता (वृद्ध भत्ता) पाउने उमेर ६५ वर्षमा झार्न संसदमा प्रस्ताव दर्ता गरेको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको अघिल्लो सरकारका अर्थमन्त्री समेत रहेका कांग्रेस नेता ज्ञानेन्द्र बहादुर कार्कीले वृद्ध भत्ताको उमेर ६५ वर्षमा झार्न आइतबार संसदमा प्रस्ताव पेश गरेका हुन् ।

यसअघि शेरबहादुर देउवा नेतृत्वको सरकारले ६५ वर्षमै वृद्ध भत्ता पाउने निर्णय गरेको विषय सार्वजनिक गरेको थियो । तर, उक्त निर्णयमा मुख्य सचिवले हस्ताक्षर नै गर्न नमानेपछि कार्यान्वयनमा आएको थिएन ।

कांग्रेस नेता कार्कीले भने देउवा नेतृत्वको तत्कालीन सरकारले जनताको हितलाई केन्द्रमा राखेर ६५ वर्षको उमेरमै वृद्ध भत्ता पाउने निर्णय गरेपनि बर्तमान सरकारले उक्त निर्णय उल्टाएको आरोप लगाएका छन् ।

नेता कार्कीले सरकारले कनिका छरेजस्तै गरी बजेट बाँडेर भोटको राजनीति गर्न खोजेको पनि आरोप लगाए ।

सामाजिक सुरक्षाको दायरामा ल्याउने गरि बजेट तर्जुमा गर्ने,कृषि उत्पादनमा वृद्धि, आयात निरुत्साहित र निर्यात वृद्धि, व्यापार घाटा कम गर्ने तथा राजश्व प्रणालीलाई लगानीमैत्री बनाउने भनिए पनि ती विषय प्राथमिकतामा नपरेको भन्दै यसबारे स्पष्ट योजना आउनुपर्नेमा उनको जोड थियो ।

प्रकाशित मिति : २९ बैशाख २०७६, आइतबार  १२ : ५५ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६