आगामी बजेटमा कर्मचारीको तलब २५ प्रतिशतसम्म बढ्ने ! | Khabarhub Khabarhub

आगामी बजेटमा कर्मचारीको तलब २५ प्रतिशतसम्म बढ्ने !


२९ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आगामी आर्थिक वर्ष २०७६/७७ का लागि सार्वजनिक हुने नयाँ बजेटमा कर्मचारीको तलब १५ देखि २५ प्रतिशतसम्म बढ्ने भएको छ । आगामी आवको बजेटमा निजामती कर्मचारीको मासिक तलब हाल खाइपाइ आएको भन्दा करिब १५ देखि २५ प्रतिशतसम्म बढउने तयारी थालिएको अर्थ मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

अर्थ मन्त्रालयका अनुसार आगामी बजेटमा सामाजिक सुरक्षा भत्ता र कर्मचारीको तलब वृद्धि गर्नुपर्ने अत्यधिक दबाब छ । मुख्य सचिवको संयोजकत्वमा रहने तलब पुनरावलोकन समितिले पनि कर्मचारीको तलब वृद्धिको सिफारिस गर्ने भएको छ । तलब १५ देखि २५ प्रतिशतसम्म बढ्ने गरी आन्तरिक गृहकार्य र छलफल थालिएको पुनरावलोकन समितिका एक सदस्यले जानकारी दिएको खबर राजधानी दैनिकले छापेको छ ।

कर्मचारीको तलब वृद्धि तीन वर्षदेखि भएको छैन । बजारको महंगीअनुसार कर्मचारीको तलब वृद्धि गर्नुपर्ने कानुनी व्यवस्था रहे पनि तीन वर्षदेखि सरकारले कर्मचारीको तलब बढाउन सकेको थिएन । तीन वर्षदेखि कर्मचारीको तलब वृद्धि नभएकाले यसपटक बढ्ने सरकारकै उच्च अधिकारीले बताउँदै आएका छन् । सामाजिक सुरक्षाको रूपमा रहेको वृद्धवृद्धाको भत्ता पनि यसपटक करिब १ हजार बढाउने तयारी गरिएको अर्थ मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री ओलीले आगामी बजेटमा वृद्धभत्ता बढ्ने घोषणा गरिसकेका छन् ।

संवैधानिक व्यवस्थाअनुसार संघीय सरकारले हरेक वर्ष १५ जेठमा बजेट सार्वजनिक गर्नुपर्ने प्रावधान छ । सोही प्रावधानअनुसार आगामी आवको बजेट ल्याउन प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिएसँगै अहिले अर्थमन्त्री डा. युवराज खतिवडा र अर्थ मन्त्रालयका कर्मचारी व्यस्तताका साथ बजेट निर्माण कार्यमा जुटेका छन् । प्रधानमन्त्री ओलीले चालू आर्थिक वर्षलाई समृद्धिको जग हाल्ने वर्षका रूपमा लिएको बताउँदै आएका छन् । आगामी आवदेखि समृद्धिको जगमा इँटा थप्ने काम गर्नुपर्ने भएकाले पनि आगामी बजेट निकै मेहनतका साथ बनाउनुपर्ने अर्थविद्हरूको सुझाव छ ।

राष्ट्रिय योजना आयोगले दिएको सिलिङअनुसार यतिबेला आगामी आवका लागि करिब १५ खर्बको बजेट ल्याउने तयारीमा अर्थका अधिकारीहरू जुटिरहेका छन् । बजेट अधिवेशनका रूपमा संघीय संसद्का दुवै सदनको चौथो अधिवेशन गत २० वैशाखबाट शुरु भएको छ । सोही अधिवेशनभन्दा केही दिनअघि सरकारले आफ्नो वार्षिक नीति तथा कार्यक्रम पनि प्रस्तुत गरिसकेको छ ।

सोही नीति तथा कार्यक्रमको आधारमा आगामी नयाँ बजेट निर्माण गरिने अर्थ मन्त्रालयको भनाइ छ । प्रदेश सरकारले १ असारमा र स्थानीय तहले १० असारभित्र बजेट ल्याउने प्रावधान छ ।

पछिल्लो समय नेपालको आर्थिक विकास तीव्र गतिमा भइरहेको छ । पछिल्लो दुई वर्षमा आर्थिक वृद्धिको गति केही उच्च छ । राष्ट्रिय योजना आयोगले प्रस्तुत गरेको १५औं योजनाको आधारपत्रअनुसार आगामी आवको आर्थिक वृद्धिको लक्ष्य ८ दशमलव ५ प्रतिशत छ । चालू आर्थिक वर्षको आर्थिक वृद्धिको लक्ष्य ८ प्रतिशत राखिएको छ ।

प्रकाशित मिति : २९ बैशाख २०७६, आइतबार  ७ : ४७ बजे

धार्मिक पर्यटन प्रवर्द्धनमा निजी क्षेत्रले सहकार्य गर्ने

गलकोट– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा धार्मिक

साहित्यकार तथा गीतकार प्रकट पङ्गेनीको निधन

पोखरा– साहित्यकार तथा गीतकार प्रकट पङ्गेनीको निधन भएको छ ।

राजनीतिक स्थितिको प्रभाव कानून निर्माणमा छ : अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालले मुलुकको राष्ट्रिय राजनीतिक परिस्थितिले कानून

इन्डोनेसियामा पहिरो : मृत्यु हुनेको सङ्ख्या २० पुग्यो

जाकर्ता– खोज र उद्धार टोलीले दक्षिण सुलावेसीको ताना तोराजामा थप

२३ किलो चरेशसहित एक व्यक्ति नियन्त्रणमा

बर्दिया– सशस्त्र प्रहरी बलले बर्दियामा २३ किला लागूऔषध चरेशसहित एक