नेटवर्किङ धन्दाको नालिबेली, यसरी फस्छन नेपाली

नेटवर्किङ धन्दाको १७ वर्षे शृंखला, डाक्टरदेखि सीएसम्मको संलग्नता

गजेन्द्र बस्नेत

आइतवार, बैशाख २९, २०७६

Reading Time: 4 minutes

नेटवर्किङ धन्दाको नालिबेली, यसरी फस्छन नेपाली
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं-सरकारले नेटवर्किङ व्यवसायलाई प्रतिबन्ध लगाएको छ । नेटवर्किङ व्यवसायकै कारण धेरै नेपाली ठगिने क्रम बढेपछि यसलाई प्रतिबन्ध लगाइएपनि भित्रभित्रै यस्तो व्यवसाय फस्टाएको पाइएको छ । पहिले सार्वजनिक रुपममै हुने नेटवर्किङ व्यवसाय अहिलेभने लुकिछिपी हुने गरेको छ । अनि यसमा राष्ट्रिय मात्र नभएर अन्तर्राष्ट्रिय गिरोहको समेत संलग्नता पाइएको छ । यसको पछिल्लो उदाहारण हो शुक्रबार राति दरवारर्गमा घटेको घटना ।

शुक्रबार राति प्रहरीले दरबामार्गस्थित होटल याक एण्ड यतिमा छामा मारी १२ जना भारतीय नागरिकलाई नियन्त्रणमा लियो। महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी उत्तमराज सुवेदीका अनुसार, पक्राउ परेका भारतीयहरुले नेपालमा अबैध मानिएको नेटवर्किङ व्यवसायका सञ्चालन गर्ने भन्ने विषयमा छलफल गरिरहेका थिए ।

त्यही क्रममा महानगरीय प्रहरी परिसर, अपराध महाशाखा, केन्द्रीय अनुसन्धान व्यूरो, राजश्व अनुसन्धान विभागलगायतको संयुक्त टोलीले सुचनाको आधारमा छापा मार्‍यो । एसएसपी सुवेदीका अनुसार, साइन गुप्रका डाइरेक्टर रसिद नासिङसहित १२ जना समातिएका हुन् । उनीहरुले होटलको रुम लिएर शुक्रबारदेखि ३ सयभन्दा बढी नेपालीलाई प्रशिक्षण दिएका थिए ।

नेटवर्किङका नाममा भएका ठगीका शृङखला

घटना १-भारतीय साइन ग्रुपको ठगी धन्दा

२०७६ वैशाखमा प्रहरी र राजश्वको टोलीले काठमाडौंको दरवारमार्ग स्थित याक एण्ड यती होटलमा छामा मारेर १२ जना भारतीय नागरिकलाई पक्राउ गर्‍यो । उनीहरुले नेपाली नागरिकलाई नेटवर्किङ व्यवसायको प्रशिक्षण दिइरहेका थिए । साइन गु्रपका नामबाट नेटवर्किङ व्यवसाय चलाई नेपालीहरुलाई ठग्न खोज्दै गर्दा उनीहरु पक्राउ परेका थिए ।

घटना २ – आइबोस ग्लोबल मार्केटिङको ठगी धन्दा

२०७५ जेठमा आइबोस नेटवर्किङ व्यवसायबाट पनि करोडौं रकम ठगी भएको रहस्य खुलेको थियो । यी त केही ठूला नेटवर्किङ गिरोह मात्र हुन । यो बीचमा विडब्लु विएललगायत थुप्रै साना नेटवर्किङ ठगी गर्नेहरु पलायन भइसकेका थिए।

घटना ३ – क्यूनेट नेटवर्कको ठगी धन्दा

२०७४ असारमा प्रहरीले क्यूनेट नामक नेटवर्किङ व्यवसायबाट करोडौं रकम ठगी भएको भन्दै १ सय २ जनालाई पक्राउ गर्‍यो । त्यसमध्ये १४ जनालाई त प्रहरीले मुद्दा नै चलायो । त्यसमा चिकित्सक, इन्जिनियर र चार्टर्ड एकाउन्टेन्ट व्यवसायमा सक्रिय थिए ।

घटना ४ – हर्बो इन्टरनेसनल नेटवर्कको ठगी धन्दा

हर्बो इन्टरनेसनल नेटवर्कले पनि हर्बल सामग्री व्यापारको आवरणमा ठगी गरेको खुल्यो । प्रहरीको छापापछि हर्बो इन्टरनेसनलसमेत बन्द भयो ।

घटना ५ – युनिटी लाइफ इन्स्योरेन्स नेटवर्कको ठगी धन्दा

वि.सं. २०६० सालमा युनिटी लाइफ इस्योरेन्सको नाममा उही शैलीको ठगी धन्दा शुरु भयो । पहिलो श्रृंखलाबाट दोस्रोमा आइपुग्दा फरक के देखियो भने त्यतिखेर विदेशीहरुले सञ्चालन गरेका थिए तर, यो अवस्थामा नेपालीहरुकै प्रत्यक्ष संलग्नतामा रहेको पाइयो । युनिटीले बिमा, स्वास्थ्यलगायतको प्रलोभनमा पारेर ३ लाख ५० हजार सदस्यबाट पाँच अर्बभन्दा बढी रकम उठाएर ठगी गरेको रहस्य खुल्यो ।

घटना ६ – गोल्डक्वेष्ट नेटवर्कको ठगी धन्दा

२०६० सालको सुरुवात तिरै ३५ हजार तिरेर सदस्य बने वापत सुनको सिक्का पाउने लोभ र त्यसबापत धेरै नाफा कुम्ल्याउन नेपालमा गोल्डक्वेस्ट नामको ठगी धन्दा शुरु भयो । भारतीय नागरिकको प्रत्यक्ष संलग्नतामा नेपालमा १० हजारभन्दा बढी ठगिएको खुलेपछि स्थापनाको एक वर्षपछि त्यसमा प्रतिबन्ध लाग्यो ।

यस बाहेक योबीचमा विडब्लु विएल, डिएक्सएनलगायत थुप्रै सानातिना नेटवर्किङ् गिरोहहरु पनि देखिएका थिए। सर्वोच्च अदालतले २०६८ सालमा नै पिरामिड शैलीको व्यापार अर्थात नेटवर्क व्यवसायमाथि प्रतिबन्ध लगाइसकेको थियो । तर, त्यस यतापनि पटक-पटक नेटवर्किङ व्यवसायका नाममा ठगी गर्ने गिरोह प्रहरी फन्दामा परिनै रहे ।

प्रहरीले शृङ्खलावद्ध उजागर गरेको घटना हेर्दा नेपालमा अझैपनि नेटवर्किङ व्यवसाय गुपचुपरुपमा चलिरहेका पाइन्छ । पूर्र्वएआइजी देवेन्द्र सुवेदी भन्छन् -पटक पटक प्रहरीले पक्राउ गरेको उदाहारण हेर्दा नेटवर्किङ व्यवसाय नियमनको दायरामा आएपनि रोकिएको भने छैन । अहिले पनि कतिपय समूहले भित्र भित्रै नेटवर्किङ व्यवसाय चलाइरहेका छन् ।

यसरी हुन्छ नेटवर्कबाट ठगी

शुरुमा कुनै समूहले निश्चित नाममा नेटवर्किङ व्यवसायको योजना बनाएर काम शुरु गर्छ । र आफन्त चिनेजानेका व्यक्तिलाई ग्राहक बनाउँछ । अनि गोप्य कोठा तथा हलामा बसेर विस्तारै सञ्जाल झाँगिदै जान्छ । यस्तो व्यवसायमा तोकिएको निश्चित पैसा तिरेर सदस्य बन्छन् । ती सदस्यले पनि पुनः नयाँ सदस्य बनाउनुपर्ने हुन्छ ।

अनि त्यसबापत पुरानोलाई सीमित कमिशन आँउछ । तर, यसका लागि सदस्य संख्या मिलाउनुपर्ने हुन्छ । पूर्वएआइजी सुवेदीका अनुसार, यसरी सदस्य बनाउँदै जाँदा माथिल्लो तहका कर्मचारीले तल्लो तहकालाई ठग्दै जान्छन् । यसबाट सीमित व्यक्ति मालामाल हुन्छन भने धेरैजसो व्यक्ति ठगिन्छन् ।

नेपालीमा पनि छिटो धनि हुने सोच पलाउँदा नेटवर्किङ व्यवसायको परिबन्धमा फसेर ठगिने गरेका छन् ।

भर्खर

0