आज गर्नुहोस् यी काम हप्ता भर मिल्ने छ सफलता | Khabarhub Khabarhub

आज गर्नुहोस् यी काम हप्ता भर मिल्ने छ सफलता


२९ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

आइतबार (आज) साताको पहिलो दिन । ज्योतिष शास्त्रका अनुसार आइतबार गरिएका कामले हप्ता भरि सफलताको कदम चुम्ने छ । धार्मिक मान्यताका अनुसार आइतवार भगवान सूर्यको पूजा उपासना गर्नु आवश्यक हुन्छ ।

शास्त्रहरुका अनुसार जो व्यक्तिले सधैं विहान सूर्य देवलाई अर्घ्य दिन्छ उसलाई कहिले पनि कुनै चीजको कमी हुँदैन ।

यदी तपाईंलाई सधै यसो गर्न समय अनुकुल हुँदैन भने आइतबार विहान चाहिँ जरुर सूर्यको उपासना गर्नुहोस् ।

तामाको धातुमा सूर्यका अधिपत्य स्थापित छ त्यसैले भगवान आदित्य नारणलाई जल अर्पण गर्दा तामाको भाडोको प्रयोग गर्नुपर्छ । पानीको भाँडोमा अक्षता, रातो फूल तथा रातो खुर्सानीको केही दाना राख्नेले फाइदा हुन्छ । जल अर्पण गर्दा यो मन्त्रको उच्चारण गर्नुहोस् ।

ॐ सूर्याय नम:
सूर्याय नमः ॐ ह्रीं ह्रीं सूर्याय नमः
ऊँ घृणि: सूर्यादित्योम
ऊँ घृणि: सूर्य आदित्य श्री
ऊँ ह्रां ह्रीं ह्रौं सस् सूर्यायस् नम:

हरेक आइतवार गर्नुहोस् यी काम

शास्त्रमा दानको ठूलो महत्व दर्साइएको छ । आफ्नो सामर्थ्य अनुसार तामाको भाँडा, रातो कपडा, गहुँ, शखर र रातो चन्दन दान गर्दा पुण्य मिल्ने छ ।

ननुहाइकन सूर्य भगवानलाई जल अर्पण नगर्नुहोस् ।

आइतबारको दिन भगवान सूर्यलाई अर्घ्य दिएर दिनको शुरुवात गरेको खण्डमा साता भर सफता मिल्ने धार्मिक मान्यता रहेको छ ।

प्रकाशित मिति : २९ बैशाख २०७६, आइतबार  ५ : ५८ बजे

दिल्लीको लगातार दोस्रो हार : राजस्थान १२ रनले विजयी

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार तदनुसार

आज २०८० साल चैत १६ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार तदनुसार

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक