विद्यार्थीको स्वास्थ्य परीक्षण गर्न सामुदायिक विद्यालयले राख्यो स्वास्थ्यकर्मी | Khabarhub Khabarhub

विद्यार्थीको स्वास्थ्य परीक्षण गर्न सामुदायिक विद्यालयले राख्यो स्वास्थ्यकर्मी


२९ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रोल्पा- रोल्पाको एक सामुदायिक विद्यालयले विद्यार्थीका लागि स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ । जिल्ला सदरमुकाम लिवाङमा रहेको बालकल्याण माध्यमिक विद्यालयले सो सेवा दिने भएको हो । आफ्नै स्रोतबाट स्वास्थ्यकर्मी नियुक्त गरी विद्यालयबाटै विद्यार्थीलाई नियमित स्वास्थ्य सेवा दिने भएको हो ।

शैक्षिक सत्र २०७६ को वैशाखदेखि स्वास्थ्यकर्मी भर्ना गर्न विद्यालयले विज्ञापनसमेत प्रकाशित गरिसकेको छ । ‘अधिकांश समय बिताउने विद्यार्थीहरुको स्वास्थ्यप्रति संवेदनशील हुन जरुरी रहेको महसुस गरी नर्स वा एचएस्तरको स्वास्थ्यकर्मीको दरबन्दी सिर्जना गरी भर्ना प्रक्रिया थालनी गरेका छौँ’, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेश न्यौपानेले भने, ‘विद्यालयमा अध्ययन गर्ने छात्राको महीनावारी व्यवस्थापन तथा अन्य विद्यार्थीसमेत व्यक्तिगत सरसफाइमा स्वास्थ्यकर्मीको सेवाबाट लाभान्वित हुनेछन् ।’

पदपूर्तिका लागि विद्यालय व्यवस्थापन समितिको निर्णयअनुसार विज्ञापन प्रकाशित गरिसकेको विद्यालयका प्रधानाध्यापक मधुसुदन पोखरेलले जानकारी दिए । उनले भने-‘अधिकांश समय विद्यार्थीको स्वास्थ्य उपचारका लागि परिचालन गर्छौँ, केही समय बचे स्वास्थ्यकर्मीबाटै स्वास्थ्य शिक्षाको कक्षासमेत सञ्चालन गर्छौँ ।’

वर्षको शुरु, बीच र अन्त गरी तीनपटक सबै विद्यार्थीको स्वास्थ्य परीक्षण गराई हरेकको स्वास्थ्य व्यक्तिगत विवतरणसमेत विद्यालयमा राखिने प्रधानाध्यापक पोखरेलले भनाइ छ । ‘सामान्य औषधि तथा प्राथमिक उपचारका सामान विद्यालयमा राखेर विद्यार्थीको उपचार गर्ने तथा ठूलो समस्या देखिए नजिकको स्वास्थ्य केन्द्रमा सिफारिश गर्ने गरी स्वास्थ्यकर्मीलाई परिचालन गर्छौँ’, पोखरेलले भने।

जिल्लाको नमूना घोषित सो विद्यालयले विद्यार्थीको स्वास्थ्यमा देखाएको संवेदनशीलता सकारात्मक रहेको अभिभावकले प्रतिक्रिया दिएका छन् । ‘जिन्दगीको लामो समय विद्यालयमा बिताउने विद्यार्थीको स्वास्थ्यलाई महत्व दिन जरुरी थियो, जिल्लाका दुई विद्यालयले ढिलै भए पनि यस कुराको वोध गर्नु सकारात्मक हो,’ बालकल्याण मावि लिवाङका अभिभावक कुलबहादुर डाँगीले भने। जिल्लाका स्रोत सम्पन्न अन्य विद्यालयले समेत यस कुराको अनुशरण गर्न जरुरी रहेको उनले बताए । सो विद्यालयमा दुई हजार ५ सय विद्यार्थीले अध्ययन गर्दै आएका छन् ।

प्रकाशित मिति : २९ चैत्र २०७५, शुक्रबार  ९ : ०८ बजे

इलाम पुगेर ओलीले भने : सधैँभरी गठबन्धन गरेर देश बन्दैन

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले देश बनाउने पार्टी

रुसका उपरक्षामन्त्री घुस लिएको आरोपमा पक्राउ

काठमाडौं– रुसी अदालतले बुधबार रक्षा मन्त्री सर्गेई शोइगुका एक सहायकलाई

वैदेशिक रोजगारमा पठाइदिने भन्दै ठगी, दुई जना पक्राउ 

काठमाडौं– वैदेशिक रोजगारका लागि विदेश पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा

यु-२२ एसियाली बक्सिङ च्याम्पियनसिपमा सहभागी हुने खेलाडीको बिदाई

काठमाडौं– राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङले काजकिस्तानको अस्तानामा हुने

अन्तर्राष्ट्रिय वित्तीय संस्थाका प्रतिनिधिले भेटे अर्थमन्त्री पुनलाई 

काठमाडौं– नेपालका  बैंक तथा वित्तीय संस्थामार्फत निजी क्षेत्रसँगका सहकार्यमा नेपालको