जताततै हिनामिना, भ्रष्टाचार र अतिक्रमण | Khabarhub Khabarhub

जताततै हिनामिना, भ्रष्टाचार र अतिक्रमण


२९ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–सरकारी जग्गा व्यक्तिगत बनाउँदै अतिक्रम गर्ने, सरकारी कार्यालयमा आर्थिक हिनामिना गर्ने र भ्रष्टाचार गर्ने परिपार्टी झन बढ्न थालेको छ।

कान्तिपुर दैनिकले विद्युत प्राधिकरणमा साढे सात अर्ब हिनामिना शीर्षमा लेखेको समाचारमा महशुल निर्धारणका क्रममा नेपाल विद्युत प्राधिकरणमा झण्डै साते ७ अर्ब रुपैयाँ अनियमितता भएको छ । लोडसेडिङका बेला २० घण्टाभन्दा बढी विद्युत आपूर्ति हुने केही उद्योग र व्यापारिक फर्मलाई अस्वभाविक रुपमा महशुल छुट दिइएको भेटिएको छ ।

तथ्यांक अनुसार ०७४ चैत मसान्तसम्म ४ अर्ब ७३ करोड ९७ लाख नोक्सानी भएको देखिन्छ । त्यस्तै पछिल्लो एक वर्षको २ अर्ब ५७ करोड, झण्डै ९ महिनादेखि प्रतिवेदन गोप्य राखिएको छ भने हेटौंडाको औद्योगिक क्षेत्रमा सबैभन्दा बढी अनियमितता भएको पाइएको छ ।

सहरी विभागको जग्गा पनि व्यक्तिकै नाममा शीर्षकको समाचारमा सहरी विकास तथा भवन विभाग रहेको जग्गामा व्यक्तिका नाममा दर्ता गर्ने सर्वोच्च अदालतले आदेश दिएको खुलासा भएको छ । बाइस वर्षअघि सर्वोच्चले कांग्रेस नेता भरतशमशेर राणा नाममा उक्त विभाग भएको जग्ग दर्ता गर्नुपर्ने परमादेश जारी गरेको पाइएको छ ।

त्यस्तै पब्जी खेलमा प्रतिबन्ध लगाउन निर्देशन, विमानस्थलमा सुनसहित तीन चिनियाँ पक्राउ, समायोजनको गुनासो दर्ता ५ वैशाखसम्मलगायतका समाचारलाई प्राथमिकताका साथ छापेको छ ।

प्रकाशित मिति : २९ चैत्र २०७५, शुक्रबार  ६ : २९ बजे

प्रेम सम्बन्धको विवादले धनुषाको औराहीमा तनाव, प्रहरीले हान्यो ९ सेल अश्रुग्यास

धनुषाको औरही गाउँपालिका–१ पौडेसरमा प्रहरी र स्थानीय बासिन्दाबीच बिहीबार दिउँसो

सडक पहुँचसँगै ओलाङ्चुङगोला पुग्न सहज

फुङ्लिङ– ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारबाट सात घण्टामै चीनको सीमावर्ती रहेको

विद्युत् आयात गर्नेबाट निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण उपलब्धि : राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार भृकुटीमण्डपमा आयोजित हिमालयन हाइड्रो एक्स्पो

मनमोहन ज्येष्ठ नागरिकका सच्चा मित्र र असल नेता : विद्या भण्डारी

काठमाडौं- पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका प्रथम कम्युनिस्ट प्रधानमन्त्री स्वर्गीय

हुम्लाको चंखेलीका तत्कालीन निमित्त प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको चंखेली गाउँपालिकाका तत्कालीन निमित्त