आयोगको लापरबाही : १९ करोडको मतदाता शिक्षा सामग्री खेर | Khabarhub Khabarhub

आयोगको लापरबाही : १९ करोडको मतदाता शिक्षा सामग्री खेर


२९ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– २०७५ चैत २९ गते शुक्रबार ।  आजको नयाँ पत्रिकाले गत वर्ष भएको स्थानीय तह, प्रदेश सभा र प्रतिनिधिसभा चुनावमा राज्यकोषको चरम दुरुपयोग भएको पाइएको समाचार मुख्य समाचारका रुपमा छापेको छ।

चुनाव गराउँदा निर्वाचन आयोगले राज्यकोषबाट करोडौं फजुल खर्च गरेको महालेखाले औल्याएको छ । मतपत्र छपाइ, भत्ता, मतदाता शिक्षा लगायतमा ठूलो आर्थिक अनियमितता देखिएको समाचारमा उल्लेख छ ।

समाचारअनुसार मतपत्रको ढाँचामाािथ नै विवाद हुुँदाहुँदै ११ करोड ७२ लाखको नमुना मतपत्रसहितको सामग्री तयार भएको उल्लेख छ । अदालतले ढाँचा परिवर्तन गर्न आदेश दिएपछि पनि लगातार चार दिनसम्म यस्ता सामग्री छाप्दा थप ७ करोड ५४ लाख अपव्यय भएको समाचारमा उल्लेख छ ।

यसैगरी नयाँ पत्रिकाले आर्थिक वर्ष ०७४/०७५ मा ललितपुर महानगरपालिकाले सडक निर्माणमा भन्दा पदाधिकारी र कर्मचारीको सेवा सुविधिामा बढी बजेट खर्च गरेको समाचार पनि पहिलो पृष्ठमा छापेको छ ।

महानगरले पादाधिकारी र कर्मचारीको तलबभत्तामा मात्र १५ करोड खर्चेको छ । तलब शीर्षकमा ८ करोड ८५ लाख र बैठकभत्ता शीर्षकमा ६ करोड २४ लाख ४७ हजार रुपैयाँ खर्च गरेको महालेखापरीक्षकको प्रतिवेदनले औल्याएको छ ।

‘म्याद सकिन लागेका औषधि टेकु अस्पतालद्वारा खरिद शीर्षकमा अर्को समाचार पनि पहिलो पृष्ठमा छापिएको छ । ८५ वर्षअघि शहीद शुक्रराज शास्त्रीका नाममा स्थापना गरिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल अहिले आफै थला परेको छ ।

सरकारी चिकित्सकको आन्दोलनलाई चिकित्सक संघको समर्थन शीर्षकमा अर्को समाचार पनि पहिलो पृष्ठमा छ ।

डाक्टरहरुको छाता संगठन नेपाल चिकित्सक संघले आन्दोलनरत डाक्टरको माग सम्बोधन गर्न ७२ घण्टे अल्टिमेटम दिएको छ । संघका महासचिव डा लोचन कार्काीले सो अवधिभित्र माग सम्बोधनको पहल नभए देशभरका सवै सरकारी तथा गैरसरकारी स्वास्थ्य संस्था ठप्प पार्ने चेतावनी दिए ।

यसैगरी पत्रिकाले स्ववियू निर्वाचन १० जेठ भित्रै गर्ने प्रस्ताव सहितको समाचार पनि छापेको छ ।

प्रकाशित मिति : २९ चैत्र २०७५, शुक्रबार  ६ : ०५ बजे

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल

प्रिओपन सेसनमा नेप्से २ अंकले बढ्यो

काठमाडौं– साताको अन्तिम कारोबार दिन आज प्रिओपन सेसनमा नेप्से परिसूचक

बसको ठक्करबाट एक महिलाको मृत्यु

चितवन– पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको

१६औं योजना तर्जुमा अन्तिम चरणमा, लक्ष्य भेट्न ११४ खर्ब चाहिने

काठमाडौं – सरकारले १६औं योजना (आर्थिक वर्ष ०८१/८२–२०८५/८६) तर्जुमा अन्तिम

टिकटकले प्रतिबन्ध हटाउन अमेरिकामा मुद्दा लड्ने

एजेन्सी – चीनसँगको बढ्दो टकरावबीच प्रतिबन्ध लाग्ने सम्भावना बढेपछि टिकटकले