अन्ततः नेपालीसँग माफी माग्दै भारतीय सांसदले गरिन आफ्नो ट्विट डिलिट | Khabarhub Khabarhub

अन्ततः नेपालीसँग माफी माग्दै भारतीय सांसदले गरिन आफ्नो ट्विट डिलिट


२८ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतको दिल्ली विधानसभामा आम आदमी पार्टीकी विधायिका अल्का लाम्बाले नेपालीसँग माफी माग्दै आफ्नो ट्विट डिलिट गरेकी छन् ।

उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई लक्षित गरेर नेपालीलाई ‘चौकीदार’ भनेकी थिइन् ।

उनले ट्विटमा भनेकी थिइन्,

प्रिय भारतवासी, कृपया यसपटक प्रधानमन्त्री चुन्नुहोला, ‘चौकीदार’ त नेपालबाट पनि मगाउन सकिन्छ, नेपालका चौकीदार ‘चोर’ हुँदैनन् ।

सन् २०१४ को लोकसभा निर्वाचन पछि भारतीय जनता पार्टीबाट भारतीय प्रधानमन्त्रीमा निर्वाचित नरेन्द्र मोदीले आफूलाई देशको ‘चौकीदार’का रुपमा अथ्र्याउने गरेका थिए ।

विपक्षीहरुले प्रधानमन्त्री नरेन्द्र मोदीले गरेका गलत कामको प्रसंग उठाउँदै उनलाई ‘चौकीदारले नै चोरी गरेको’ भनेर आरोप लगाउने गर्छन् ।

आफ्नो देशका प्रधानमन्त्रीलाई गलत देखाउन नेपालीलाई ‘चौकीदार’को रुपमा अथ्र्याउँदा नेपालीहरुले लाम्बाको आलोचना गरेका थिए । सामाजिक सञ्चाल ट्विटरमा चर्को आलोचना भएपछि अन्नतः उनले माफी माग्नु परेको हो ।

लाम्बाले आफ्ना पुराना ट्विट डिलिट गरेको जानकारी दिँदै भनेकी छन्,

मेरो ट्विटका कारण नेपालीलाई दुःख लागेको थाहा पाएँ, यसका लागि म आफ्नो छिमेकी देश नेपालका जनतासँग माफी माग्दछु, कसैको पनि चित्त दुखाउने मेरो मनसाय थिएन ।

तपाईंको भावनालाई ध्यानमा राख्दै ट्विट हटाइदिएकी छु ।

 

प्रकाशित मिति : २८ फाल्गुन २०७५, मंगलबार  ६ : १७ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६