गण्डकी मेडिकल कलेजका विद्यार्थीको आक्रोश : ठगी नगरेको भए संचालक किन लुकेको ? | Khabarhub Khabarhub

गण्डकी मेडिकल कलेजका विद्यार्थीको आक्रोश : ठगी नगरेको भए संचालक किन लुकेको ?


२८ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले निर्धारण गरेको भन्दा बढी शुल्क लिएको भन्दै कलेज संचालकविरुद्ध उजुरी दिएका गण्डकी मेडिकल कलेजका विद्यार्थीहरुले तत्काल पठनपाठन संचालन हुनेपर्ने माग राखेका छन् ।

गण्डकी मेडिकल कलेजका विद्यार्थीहरुले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पठनपाठन संचालन हुनेपर्ने माग गरेका हुन् ।  गण्डकी मेडिकल कलेजमा अध्ययनरत विद्यार्थी अनित सिन्हाले आफूहरु त्रिभूवन विश्व विद्यालय (टियु) अन्तरगतकै विद्यार्थी भएकाले टियुले त्यहा अध्ययनरत विद्यार्थीलाई पठनपाठनको व्यवस्था गर्नुपर्ने माग समेत गरे ।

उलने भने, ‘हामी अब कानूनी बाटोबाटै न्याय खोज्छौं । अब त्रिविले पठनपाठनको वातावरण मिलाइदिनुपर्छ ।’

सरकारले तोकेकोभन्दा बढि शुल्क कलेजले लिएको भन्दै आन्दोलनरत विद्यार्थीहरुले फागुन १२ गतेदेखी २४ गतेसम्म संचालन भएको एमबीबीएस तेस्रो वर्षको वार्षिक परीक्षा समेत बहिस्कार गरेका थिए । गण्डकी मेडिकल कलेजमा एमबीबीएस तेस्रो वर्षमा ८६ जना विद्यार्थीहरु अध्ययनरत थिए । उनीहरुले त्रिविले एमबीबीएस तेस्रो वर्षको परीक्षा समेत दिन पाउनुपर्ने माग गरेका छन् ।

संचालक र अन्य कर्मचारीले गण्डकी मेडिकल कलेजमा विभिन्न तहमा अध्ययनरत विद्यार्थी र तिनका अभिभावकसँग सरकारले तोकेको भन्दा बढि शुल्क लिएको भन्दै रकम फिर्ता गर्नुपर्ने माग गर्दै विद्यार्थीहरु ४० दिनअघिदेखी आन्दोलनरत छन् ।

कलेजका संचालक खुमा अर्यालसहित अन्य कर्मचारीविरुद्ध एक साता अघि विद्यार्थीहरुले सम्पत्ति शुद्दीकरण अनुसन्धान विभाग र जिल्ला प्रहरी कार्यलय कास्कीमा उजुरी दिएका थिए । जिल्ला प्रहरी कार्यलय कास्कीले अदालतकाे आदेशानुसार कलेज संचालकविरुद्ध पक्रउ पुर्जी जारी गरेको थियो ।

विद्यार्थीको उजुरी पछि जिल्ला प्रहरी कार्यलय कास्कीले कलेजका पूर्व कार्यकारी अधिकृत सन्तोषप्रसाद खनाल र परीक्षा नियन्त्रक लक्ष्मणप्रसाद शर्मालाई पक्राउ गरेको छ भने अन्य ८ जना फरार रहेका छन् ।

प्रहरीले पक्राउ पुर्जी जारी गरेपछि फरार रहेका ८ जनामध्ये ६ जनाले उच्च अदालत पोखरामा गत बिहीबार पक्राउ पुर्जीविरुद्ध निषेधाज्ञा माग गर्दै निवेदन समेत दर्ता गराएका छन् । कलेज संचालकले उच्च अदालतमा निवेदन दर्ता गराए पछि अदालतले फागुन २९ गते (बुधवार) दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।

सबै निकायमा धाउँदा पनि आफूहरुले न्याय नपाएपछि कलेज संचालकविरुद्ध ठगी मुद्धा दर्ता गरेको सिन्हाले बताए ।

‘हामी राम्रोसँग पढ्छौं, भविष्यमा राम्रो डाक्टर बन्छौं भनेर गण्डकी मेडिकल कलेजमा पढ्न गएका थियौं,’ सिन्हाले भने, ‘तर यसरी आन्दोलन गर्नुपर्दा हामीलाई एकदमै बढी पीडा भएको छ ।’

‘यदि उहाँहरुले ठगी गर्नुभएको छैन, सरकारकै नियम अनुसार पढाउनुभएको थियो भने किन अपराधी जस्तो लुकेर बस्नुभएको छ ?’ सिन्हाले प्रश्न गरे, ‘हामीले उजुरी दिएको एकसाता वितिसक्दा पनि प्रहरीले उहाँहरुलाई पक्रउ गर्न सकेको छैन । प्रहरी किन यति धेरै कमजोर बनेको हो ?’

प्रकाशित मिति : २८ फाल्गुन २०७५, मंगलबार  ६ : ३२ बजे

इन्डोनेसियामा ज्वालामुखी विस्फोट हुँदा ११ हजारभन्दा बढी विस्थापित

इन्डोनेसिया– इन्डोनेसियाको उत्तरी सुलावेसी प्रान्तमा ज्वालामुखी विस्फोट हुँदा ११ हजारभन्दा

बाल अस्पताललाई सांसद शर्माको २० लाख सहयोग

काठमाडौं– प्रतिनिधिसभा सदस्य तथा व्यवसायी डा सुनील शर्माले वरिष्ठ मुटुरोग

केशब बडालको प्रश्न– एउटै व्यक्तिलाई सर्वत्र सहकारीको बोर्ड झुण्ड्याउने अधिकार कसले दियो ?

जनताको जीवनस्तर उठाउन भन्दै सरकारले वर्षौँ अघि सहकारीलाई तीन खम्बे

एप्पललाई उछिन्दै पहिलो स्थानमा सामसुङ 

काठमाडौं– विश्व स्मार्टफोन बजारमा एप्पललाई उछिन्दै सामसुङ स्माटफोन सेल्समा अगाडि

मार्ग प्रशस्त गर्न कोशीका मुख्यमन्त्रीलाई एमालेको आग्रह

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न