भक्तपुरबाट जन्ती लिएर हेटौँडा जाँदै गरेको बस दुर्घटना, दुई जनाको मृत्यु | Khabarhub Khabarhub

भक्तपुरबाट जन्ती लिएर हेटौँडा जाँदै गरेको बस दुर्घटना, दुई जनाको मृत्यु


२८ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मकवानपुरको गढी गाउँपालिकामा जन्ती बस दुर्घटनामा परेको छ ।

दुर्घटनामा परि दुई जनाको घटनास्थलमै मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक यज्ञप्रसाद भट्टराईले जानकारी दिए ।

दुर्घटनामा १७ जना घाइते भएको र उनीहरुमध्ये ६ जनाको अवस्था गम्भीर रहेको छ भने एक जनाको अवस्था चिन्ताजनक रहेको भट्टराईले बताए । घाइतेहरुको स्थानीय अस्पतालहरुमा उपचार भइरहेको छ ।

भक्तपुरबाट जन्ती लिएर हेटौंडा जाँदै गरेको ना ४ ख २२१७ नम्बरको बस गढी गाउँपालिकाको चैनपुर डाँडामा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । घटनाको थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७५, मंगलबार  २ : २८ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन