अविवाहित महिलाले युट्युब हेरेर बच्चा जन्माउन खोजेपछि… « Khabarhub

अविवाहित महिलाले युट्युब हेरेर बच्चा जन्माउन खोजेपछि…


२८ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत उत्तर प्रदेशको गोरखपुरमा एक गर्भवती महिलाले युट्युबमा भीडियो हेर्दै बच्चा जन्माउन खोज्दा समस्या उत्पन्न भएको छ ।

महिलाले युट्युव हेरेर बच्चा जन्माउन खोज्दा महिला र बच्चाको मृत्यु भएको थियो । यो घटनाको खुलासा त्यतिबेला भयो जब घरका मालिक र अरु कोठामा बस्नेले रगत बगिरहेको देखे र प्रहरीलाई खबर गरे ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार महिला गोरखपुरको बहराइचमा बस्थिन् र उनी अविवाहित थिइन् । अविवाहित भएपनि गर्भवती भएपछि उनी परिवार र समाजका डरले कोठा लिएर बसेकी थिइन् ।

घरका सदस्य उनको गर्भपतन गराउन चाहन्थे तर उनले मानिनन् । बारम्बार परिवारले गर्भपतन गराउन दवाव दिएका थिए ।

प्रहरीका अनुसार तनावमा आएर महिलाले गर्भपात गराउन चाहिन् । गर्भवती भएको कुरा मानिसहरुबाट लुकाउनका लागि उनले युट्युवबाट भिडियो हेरेर डेलिभरी गर्ने प्रयास गरिन् तर उनको मृत्यु भयो ।

प्रहरीका अनुसार घटनास्थलबाट एक मोबाइल फेला परेको छ जहाँ डेलिभरीको भिडियो चलिरहेको थियो ।

प्रहरीले घटनाको जाँच गरिरहेको छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७५, मंगलबार  ११ : ५७ बजे

मलेसियामा एकै दिन छ जनाको मृत्यु

मलेसिया – मलेसियामा पछिल्लो समयमा कोभिडका संक्रमितहरु घटेका छैनन् ।

ललितपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

ललितपुर-  महालक्ष्मी नगरपालिका–९ लामाटारमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको

१९ वर्षीया किशोरी बलात्कृत 

संखुवासभा– संखुवासभामा एक जना १९ वर्षीया किशोरी बलात्कृत भएकी छन्

नागरिकतामा अपमानित नाम लेख्ने अधिकृतलाई कारबाही गर्न सांसदको माग 

काठमाडौँ- नेकपा एकीकृत समाजवादीकी सांसद निरुदेवी जैरूले नागरिकतामा अपमानित नाम

सुदूरपश्चिममा कोरोना भाइरसको सङ्क्रमण बढ्दै

महेन्द्रनगर– पछिल्लो समय सुदूरपश्चिममा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गए पनि