श्रीमतीको उपचार गर्न प्रचण्ड अमेरिका जाने | Khabarhub Khabarhub

श्रीमतीको उपचार गर्न प्रचण्ड अमेरिका जाने


२८ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड श्रीमती सीता दाहालको उपचारका लागि अमेरिका जाने भएका छन् । उनी चैतको ४ गते (मार्च १८) मा अमेरिका जाने तयारीमा रहेका छन् ।

अस्वस्थ सीता दाहालको यसअघि दुई पटक सिंगापुरमा उपचार गरिएको थियो । त्यहाँका चिकित्सकले अमेरिकामा गएर उपचार गर्ने सुझाव दिएपछि प्रचण्ड श्रीमतीलाई लिएर अमेरिका जाने तयारीमा लागेका थिए । प्रचण्डको अमेरिका भ्रमणको व्यवस्था मिलाउन नेपालस्थित अमेरिकी दूतावास र प्रचण्डको सचिवालयबीच कुराकानी भइरहेको छ ।

प्रचण्डले श्रीमती सीताको अमेरिकाको बाल्टिमोडमा रहेको जोन होप्किङ्स अस्पतालमा उपचार गर्ने तयारी गरेका छन् ।

विगत केही वर्षदेखि अस्वस्थ देखिएकी दाहाल छोरा प्रकाश दाहाललाई गुमाएपछि अझै बढी कमजोर बनेको प्रचण्डको सचिवालयले जनाएको काठमाडौं पोस्टमा खबर छ । प्रचण्डको अमेरिका भ्रमण विशुद्ध श्रीमतीको उपचारका लागि हुने र कुनै राजनीतिक भेटघाटको कार्यक्रम नबनाइएको सचिवालयले जनाएको छ ।

प्रचण्डले भेनेजुएला प्रकरणमा दिएको अभिव्यक्ति र द्वन्द्वकालीन घटनाका विषयलाई लिएर उनको अमेरिका भ्रमणलाई महत्वपूर्ण रुपमा लिइएको छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७५, मंगलबार  ९ : ४२ बजे

गठबन्धनमा गडबड : कांग्रेस भन्छ- नयाँ खबर सुन्न पाइन्छ

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको सत्ता गठबन्धनमा हलचल

साताको अन्तिम नेप्से १९.५६ अंकले घट्यो

काठमाडौं– साताको अन्तिम दिन नेपाल स्टक एक्चेञ्ज (नेप्से) दोहोरो अंकले

विश्व सम्पदा दिवसको अवसरमा ‘हेरिटेज वाक’ (तस्बिरहरु)

काठमाडौं–  आज विश्व सम्पदा दिवसको अवसरमा  ‘हेरिटेज वाक’ कार्यक्रम भएको छ। 

अखाद्य तरकारी र फलफूलको आयात रोक्न माग

झापा– मेची उद्योग वाणिज्य संघले भारतबाट आयातित अखाद्य तथा गुणस्तरहीन

कोशी प्रदेश सभामा संकल्प प्रस्ताव पेश

विराटनगर- कोशी प्रदेशमा संकल्प प्रस्ताव भएको छ । नेकपा एमाले