श्रीमानको चक्कु प्रहारबाट श्रीमती घाइते | Khabarhub Khabarhub

श्रीमानको चक्कु प्रहारबाट श्रीमती घाइते


२६ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- श्रीमान‍को चक्‍कु प्रहारबाट श्रीमती घाइते भएकी छिन्। ५० वर्षीय डम्बर कार्कीले ३५ वर्षीया श्रीमती सुस्मिता कार्कीमाथि तरकारी काट्ने चक्‍कु प्रहार गरी घाइते बनाएका हुन् ।

तरकारी काटिरहेको अवस्थामा श्रीमानले चक्‍कु प्रहार गर्दा सुस्मिताको टाउको, घाँटी र हातमा गहिरो चोट लागेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिँउजूले बताए ।

गम्भीर अवस्थाकी उनलाई उपचारका लागि लाइफगार्ड अस्पताल पुर्‍याउँदा त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि नोवेल शिक्षण अस्पताल लगिएको डीएसपी खिँउजूले बताए ।

सुस्मिताको अवस्था गम्भीर रहेको जानकारी चिकित्सकले दिएको उनको भनाइ छ । झापा घर भएका कार्की दम्पत्ति विराटनगर महानगरपालिका ११ बसपार्कमा डेरा बस्दै आएका थिए। दुवैजना बुधबार विराटनगर ४ चाँदनी चौकस्थित सुस्मिताकी दिदी रीता कटुवालको घरमा पाहुना गएका थिए ।

पाहुना गएकै घरमा तरकारी काटिरहेको अवस्थामा श्रीमानले श्रीमतीमाथि चक्‍कु प्रहार गरे पनि घटनाको कारण भने पत्ता लागि नसकेको डीएसपी खिँउजूले बताए।

डम्बरलाई पक्राउ गरेर घटनाका बारेमा अनुसन्धान शुरु गरिएको उनले बताए ।

प्रकाशित मिति : २६ मंसिर २०७६, बिहीबार  १२ : १४ बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न