पूर्वाञ्चल गोल्डकपको उपाधि आर्मीले जित्यो | Khabarhub Khabarhub

पूर्वाञ्चल गोल्डकपको उपाधि आर्मीले जित्यो


२५ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रङ्गशालामा आयोजित अन्नपूर्ण हाम्रो अन्तर्राष्ट्रिय गोल्डकपको उपाधि विभागीय टोली त्रिभुवन आर्मी क्लबले चुमेको छ ।

आज भएको फाइनल खेलमा चर्च ब्बाइज काठमाडौँलाई २–० को गोल अन्तरले पाखा लगाउँदै आर्मीले उपाधि चुमेको हो । आर्मीलाई उपाधि दिलाउन कप्तान टेकबहादुर बुढाथोकी पहिलो र दोस्रो हाफमा एक-एक गोल गरेका थिए । खेलको ३२औँ र ८०औँ मिनेटमा बुढाथोकीले गोल गरेका हुन् । बुढाथोकी गोल्डकपकै उत्कृष्ट खेलाडि घोषित भएका छन् ।

प्रतियोगिताको उत्कृष्ट गोलरक्षक आर्मीका विवश चौधरी, उत्कृष्ट मिड फिल्डर चर्च ब्वाइजका सुनिल खड्का, आर्मीका दीपक गुरुङ उत्कृष्ट रक्षक, आर्मीकै टङ्क बस्नेत गोल्डकपकै उत्कृष्ट फरवार्ड घोषित भएका छन् । उत्कृष्ट प्रशिक्षक आर्मीका नवीन न्यौपाने बनेका छन् ।

विजेता आर्मीले नगद रू १२ लाख ५० हजार तथा उपविजेता चर्च ब्वाइजले नगद रु छ लाख २५ हजार पुरस्कार पाएका छन् । विजेता तथा उपविजेतालाई प्रदेश नं–१ का मुख्यमन्त्री शेरधन राईले नगद तथा ट्रफी प्रदान गर्नुभयो । भारतका दुई टोलीसहित १० टोली सहभागी गोल्डकप बिर्तामोडको जायोन सपोर्टस् क्लबले आयोजना गरेको हो ।

यसैबीच प्रदेश नं– १ का मुख्यमन्त्री राईले प्रदेश सरकारले खेलकूदलाई विशेष प्राथमिकतामा राखेको बताएका छन् । सो गोल्डकपको समापनका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले खेल क्षेत्रमा युवाको आकर्षण बढ्दै गएकाले प्रदेश सरकारले समेत प्राथमिकता दिएको बताए ।

“खेलकूदका लागि प्रदेश नं १ उर्वरभूमि हो, खेलप्रति युवाको लगाव र आकर्षण पनि बढ्दै गएको छ”, उहाँले भन्नुभयो, “त्यसैले प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेटमा खेलकूदलाई विशेष प्राथमिकता दिएको छ ।” हरेक क्षेत्रको समुचित विकासले मात्र समृद्धि हासिल हुने बताउँदै उहाँले खेलकूद पनि समृद्धिको मुख्य पाटोका रुपमा रहेको औँल्याए ।

प्रकाशित मिति : २५ कार्तिक २०७६, सोमबार  ८ : ५४ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०