सत्य निरुपण आयोगबारे सिफारिस समितिको बैठक शुक्रबार बस्ने | Khabarhub Khabarhub

सत्य निरुपण आयोगबारे सिफारिस समितिको बैठक शुक्रबार बस्ने


२५ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारी चयन तथा कानून संशोधनका विषयमा सोमबार बस्ने भनिएको बैठक शुक्रबार बस्ने भएको छ ।

सिफारिस समितिको सोमबारको बैठक प्राविधिक कारणले बस्न नसकेकाले यही कात्तिक २९ गते शुक्रबार बस्ने तय भएको समितिका सदस्य शर्मिला कार्कीले जानकारी दिइन् ।

पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा गत चैतमा सरकारले दुई आयोगमा पदाधिकारी नियुक्तिका लागि सिफारिस समिति गठन गरेको थियो ।

अहिलेसम्म पदाधिकारीका लागि सम्भावित नाममा उजूरी आह्वान गर्ने प्रक्रिया बाहेक अरु काम हुनसकेको छैन् ।

दुई आयोगका पदाधिकारी नियुक्तिका विषयमा दलबीचमा सहमति नजिक पुगेको हुँदै चाँडै पदाधिकारी नियुक्ति गर्ने तयारी भइरहेको छ । दुवै आयोग पदाधिकारीबिहीन हुँदा सङ्क्रमणकालीन न्यायमा ढिलाई भइरहेको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०७६, सोमबार  १० : ०१ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका