'लभ डायरिज' को गीतमा नाचे टिकटक भाइरल गर्ल्स प्रिष्मा र प्रिन्सी | Khabarhub Khabarhub

‘लभ डायरिज’ को गीतमा नाचे टिकटक भाइरल गर्ल्स प्रिष्मा र प्रिन्सी


२५ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  चलचित्र ‘लभ डायरिज’ ले फागुन २ गतेलाई रिलिज मिति फाइनल गरेको छ । सुशील श्रेष्ठ स्टारर उक्त चलचित्र भ्यालेनटाइन डेका अवसर पारेर रिलिज हुने भएको हो ।

निर्माण टिमका अनुसार आइतबार चलचित्रको छायांकन पनि सकिएको छ । राजधानीको होटल हायात परिसरमा अन्तिम गीतको छायांकन खिचिएको निर्माण टिमले जानकारी दियो । उक्त गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको छ भने दुर्गा खरेल, सुरेश लामा र कमला घिमिरेको स्वर छ ।

यस्तै गीतमा सुशील, रुविना थापा, विश्वजित रिमालसँगै प्रिष्मा/प्रिन्सी खतिवडा र कमला घिमिरेलाई देख्न सकिनेछ । टिकटक भाइरल प्रिष्मा/प्रिन्सीलाई पहिलोपटक चलचित्रको गीतमा देख्न पाइनेछ ।

सौरभ चौधरीले निर्देशन गरेको यो चलचित्रमा सुशील, रुविना र विश्वजितले मुख्य भूमिका निर्वाह गरेका छन् । चलचित्रको ‘सुन्यौ कि सुनेनौ’ बोलको रोमान्टिक गीत यसअघि नै रिलिज गरिएको थियो ।

चलचित्रलाई सञ्जय लामाले खिचेका हुन् भने मिलन श्रेष्ठले सम्पादन गरेका हुन् । यस्तै चलचित्रमा मधु बास्तोलाको कथा/पटकथा रहेको छ । चलचित्रमा लगानी भने विनोद सापकोटाको रहेको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०७६, सोमबार  १ : ५४ बजे

आर्थिक संवृद्धिसँगै अन्तर्राष्ट्रिय प्रभाव बढाउँदै कतारका अमिर

कतारका लागि बङ्गलादेश र नेपाल दुई प्रमुख श्रम बजार हुन्।

इंग्लिस प्रिमियर लिग : चेल्सीमाथि आर्सनलको ५ गोल

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले सानदार जित निकालेको छ

गण्डकी सरकारविरुद्धको रिटमा आज सुनुवाइ

काठमाडौं– गण्डकी प्रदेश सरकारविरुद्ध सर्वोच्चमा परेको रिटमा आज सुनुवाइ हुँदैछ

भूकम्पीय जोखिम कम गर्न प्रभावकारी कदम आवश्यक : राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्पीय जोखिम न्यूनीकरणका लागि विभिन्न सुरक्षात्मक

आज गोरखा भूकम्पको सम्झना

काठमाडौं – वि‍.सं. २०७२ वैशाख १२ गते शनिबार ११ बजेर