अन्तत : नेपाल र कुवेतको खेल भुटानमा हुने निश्चित | Khabarhub Khabarhub

अन्तत : नेपाल र कुवेतको खेल भुटानमा हुने निश्चित


२५ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिफा विश्वकप २०२२ तथा एएफसी एसियन कप २०२३ छनोट अन्तर्गत नेपाल र कुवेतबीचको खेल भुटानमा हुने निश्चित भएको छ ।

सोमबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाल र कुवेतबीचको खेल भुटानमा हुने जानकारी दिएको हो ।

काठमाडौंमा हुनु पर्ने खेल दशरथ रंगशालाको पुन: निर्माणको काम नसकिएका कारण एएफसीले विश्वकप छनोटको खेल खेलाउन नमिल्ने बताएको थियो ।

त्यसपछि एन्फाले भुटानमा खेल गराउन एएफसीसँग प्रस्ताव गरेको थियो । तर, कुवेतले आफू अनुकुल नहुने भन्दै भुटानमा नखेल्ने बताउँदै आएको थियो । तर, एन्फाले जुनसुकै हालतमा पनि भुटानमै खेल्नु पर्ने अडान लिएपछि एएफसीले भुटानमा गर्न स्वीकृती दिएको हो ।

कुवेतले यसअघि भिषा, होटल र मैदानमै प्रश्न उठाएको थियो । यसअघि शुक्रबार एएफसीले भुटानभन्दा अन्य ठाउँमा खेल आयोजना गर्न एन्फालाई भनेको थियो । तर, एन्फाको पहलमा भुटान फुटबल संघले कुवेतका लागि हुन सक्ने असहजतालाई सरलीकरण गर्ने प्रतिबद्धता जनाएपछि कुवेत भुटानमा खेल्न तयार भएको हो ।

प्रकाशित मिति : २५ कार्तिक २०७६, सोमबार  १२ : ५३ बजे

दुर्गा प्रसाईँले पाएको हतियार इजाजतबारे छानबिन गर्न समिति गठन

काठमाडौं – गृह मन्त्रालयले मेडिकल व्यवसायी दुर्गा प्रसाईँको नाममा इजाजत

सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु

डोटी – नुहाउने क्रममा सेती नदीमा डुबेर डोटीमा एक किशोरको

प्रधानमन्त्रीको दाबी ‘राष्ट्रिय गौरवका आयोजना समयमै सम्मन्न हुन्छन्’

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवका तथा रूपान्तरणकारी

शुक्लाफाँटामा बाह्रसिङ्गाको गणना हुँदै

कञ्चनपुर – शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा विश्वमै दुर्लभ मानिएको वन्यजन्तु बाह्रसिङ्गाको

जनताले महसुस गर्नेगरी काम गर्न गृहमन्त्री लामिछानेको निर्देशन

झापा – उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले जनतालाई परिवर्तनको अनुभूति