४ पोस्टरमा हेर्नुस् ‘च च हुई’ | Khabarhub Khabarhub

४ पोस्टरमा हेर्नुस् ‘च च हुई’


२५ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

यही मङ्सिर ६ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘च च हुई’ को क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ । यसअघि गीत र ट्रेलरमार्फत दर्शकमाझ पुगेको निर्माण टिमले चलचित्रको प्रचारमा थप सहयोग पुगोस् भनेर क्यारेक्टर पोस्टर सार्वजनिक गरेको हो ।

पोस्टरमा चलचित्रका चार शीर्ष कलाकार आर्यन सिग्देल, भोलाराज सापकोटा, मिरुना मगर र माओत्से गुरुङलाई छुट्टाछुट्टै रुपमा देखाइएको छ ।

लभस्टोरी चलचित्रमा धेरै दोहोरिने आर्यनलाई यो चलचित्रमा फरक भूमिकामा देख्न सकिनेछ ।

दुई बेकामे युवाको जीवनमा एक पुस्तकले ल्याउने उतारचढावलाई चलचित्रमा देखाइएको छ । चलचित्रलाई साम्तेन भुटियाले निर्देशन गरेका हुन् भने सम्पादन पनि भुटियाकै छ । यस्तै चलचित्रमा पुष्कर गुरुङ, आर्जेस रेग्मी, बबिता मल्ल लगायतका कलाकारले समेत अभिनय गरेका छन् ।

रोमान्टिक कमेडी जनरामा निर्माण भएको यो चलचित्रमा अमृत घोले लामाको लगानी, सुसन प्रजापतिको छायांकन तथा सिजन दाहाल र सन्देश अर्यालको पटकथा छ ।

प्रकाशित मिति : २५ कार्तिक २०७६, सोमबार  १२ : ४७ बजे

कर्णालीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिदै

फ्रेन्च लिग वान : पीएसजीको फराकिलो जित

काठमाडौं– फ्रेन्च लिग फुटबलमा पीएसजीले फराकिलो जित निकालेको छ ।

सरकारको स्थायित्वबारेका हल्ला निराधार : पौडेल

काठमाडौं– एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलले वर्तमान पुष्पकमल दाहाल

खेलकुदमा भारतका युवा स्टारको उदय

विश्व एथलेटिक्समा नीरज चोपराको स्टारडम स्थापित भएको तीन वर्ष हुँदैछ।

बजेट निर्माणबारे अर्थमन्त्रीलाई पूर्वअर्थमन्त्रीहरुको सुझाव

काठमाडौ– अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१–०८२ को बजेटबारे