डा केसीलाई लिन सेनाको हेलिकोप्टर डडेल्धुरामा, वीर र टिचिङका आईसीयू तयारी अवस्थामा राखियो | Khabarhub Khabarhub

डा केसीलाई लिन सेनाको हेलिकोप्टर डडेल्धुरामा, वीर र टिचिङका आईसीयू तयारी अवस्थामा राखियो


२५ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चिकित्सा शिक्षा सुधारको माग राख्दै डडेल्धुरामा अनसन बसेका डाक्टर गोविन्द केसीलाई काठमाडौं ल्याउने तयारी गरिएको छ ।

डडेल्धुरामा एकसाता अघिदेखि अनसनरत डा केसीको स्वास्थ्य अवस्था विग्रिएपछि काठमाडौं ल्याउन लागिएको हो । डा केसीको स्वास्थ्य अवस्था विग्रिँदै गएपछि सरकारले डा केसीलाई काठमाडौं ल्याउन नेपाली सेनाको डेलिकोप्टर डडेल्धुरा पठाएको छ ।

यस्तै डा केसीको स्वास्थ्य उपचारका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौंको वीर अस्पताल र टिचिङ अस्पताललाई तयारी अवस्थामा रहन समेत निर्देशन दिइसकेको छ ।

स्वास्थ्य मन्त्रालयको निर्देशन अनुसार वीर र टिचिङ अस्पतालले अस्पतालमा चिकित्सक सहितको टोली तयारी अवस्थामा राखेको जनाएको छ ।

वीर अस्पतालका निर्देशक डा केदार सेञ्चुरीले वीर अस्पतालमा डा केसीको उपचारका लागि आइसीयू वेड समेत खाली गराइएको बताए ।

‘हामीलाई स्वास्थ्य मन्त्रालयबाट वीर अस्पतालमा ल्याउन सक्ने सम्भावना हुनसक्छ त्यसैले तयारी अवस्थामा बस्नु भनेर भन्नुभएको छ, अब काठमाडौं नै ल्याउनुपर्ने अवस्था भएपछि आइसीयू मै राख्नुपर्ने होला,’ वीर अस्पतालका निर्देशक डा सेञ्चुरीले खबरहबसँग भने, ‘हाम्रो अस्पतालमा पनि आइसियू वेड त खाली हुँदैन, तर सरकारको निर्देशन अनुसार डा केसीको लागि स्टेबल विरामीलाई यताउता म्यानेज गरेर आइसीयू वेड खाली गर्दै छौं ।’

स्वास्थ्य मन्त्रालयले टिचिङ अस्पताललाई पनि तयारी अवस्थामा रहन निर्देशन दिएको छ । स्वास्थ्य मन्त्रालयको निर्देशन अनुसार टिचिङ अस्पतालले पनि डा केसको उपचारका लागि चिकित्सक सहितको टोली तयारी अवस्थामा राखिसकेको छ ।

कात्तिक १८ गतेदेखि डडेल्धुरा अस्पताल नजिकै एक निजी घरमा अनसन बसेका डा केसीको स्वास्थ्यमा समस्या देखिन थालेपछि उनलाई सहयोगीहरुले डडेल्धुरा अस्पताल लगेका थिए ।

डडेल्धुरा अस्पतालमै रहेर अनसन बसिरहेका डा केसीको स्वास्थ्य अवस्था विग्रिएको र डडेल्धुरामा डा केसीको उपचार सम्भव नभएको भन्दै अस्पतालले हिजो (आइतबार) मात्रै विज्ञप्तीमार्फत जनाएको थियो ।

डडेल्धुरा अस्पतालले डा केसीको मुटुको चाल बढेको, रगतमा अक्सिजनको मात्रा कम भएको, मिर्गौलामा समस्या देखिएको र शारीरिक अवस्था समेत कमजोर हुँदै गएको भन्दै अस्पतालमा डा केसीको उपचार सम्भव नभएको बताएको थियो ।

डडेल्धुरा अस्पतालले डा केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएकाले उनको उपचार गर्न नसकिने बताएपनि डा केसी भने आफ्नो माग पुरा नभएसम्म त्यहि रहने अडानमा थिए ।

डा केसीको स्वास्थ्यमा समस्या देखिएसँगै डा केसीका समर्थकहरुले डडेल्धुरा र काठमाडौंमा समेत जीवनरक्षाको माग गर्दै नाराबाजी गरेका थिए ।

डा केसीको स्वास्थ्य अवस्था विग्रदै गएपछि सरकारले काठमाडौं ल्याउने तयारी गरेको हो । यता डा केसीले भने आफ्नो माग पूरा नभएसम्म आफु डडेल्धुरामै बस्ने अडान राखेका छन् ।

डा केसी अनसन बस्नु असान्दर्भिक : शिक्षा मन्त्री

यसैबीच शिक्षा विज्ञान तथा प्रविधिमन्त्रि गिरिराजमणि पोखरेलले डा केसी शिक्षाको विषयलाई लिएर अनसन बस्नु असान्दर्भिक रहेको बताएका छन् ।

शिक्षा मन्त्री पोखरेलले सोमबार पत्रकार सम्मेलनमा सिंगो देश कालापानीको विषयतर्फ रहेको अवस्थामा डा केसी शिक्षाको विषयलाई लिएर अनसन बस्नु असान्दर्भिक रहेको बताएका हुन् ।

‘सिंगौ देश कालापनीको विषयमा केन्द्रीत छ, यस्तो बेला अनसन बस्नु उपयुक्त होइन,’ शिक्षा मन्त्री पोखरेलले भने, ‘उहाँकै मागअनुसार चिकित्सा शिक्षा ऐन बनेर लागू हुने क्रममा छ । लागू नभएको भए अनसन गर्न सुहाउँथ्यो ।’

यी हुन् डा‍ केसीका मुख्य मागहरु,

१. हामीसँग २०७५ साउन १० गते भएको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन गरियोस ।

२. विश्वबिद्यालयहरुमा पदाधिकारी नियुक्तिको हालको प्रक्रिया रोकी पराशर कोइराला नेतृत्वको मापदण्ड निर्धारण समितिले दिएको सुझाब अनुरूप निष्पक्ष र पारदर्शिता ढङ्गले पदाधिकारी नियुक्त गर्ने कानूनी व्यवस्था गरियोस ।

३. आन्दोलनरत मेडिकल विद्यार्थीहरुका मागहरु पूरा गर्दै नेपालका सबै निजी मेडिकल कलेजले अवैध रुपमा असूल गरेको सम्पूर्ण रकम फिर्ता गरियोस। अरबौंको ठगी तथा आर्थिक अपराधका दोषी मेडिकल कलेजका संचालकहरुलाई फौजदारी कानून बमोजिम कडाभन्दा कडा कारवाही गरियोस। नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठान र काठमाण्डु विश्वविद्यालयको आंगिक कलेज तथा विस्तारित कार्यक्रममा तत्काल ७५ प्रतिशत छात्रवृत्तिको व्यवस्था गरियोस।

४. संसदीय उपसमितिको माफियाको प्रभावमा गरिएको शुल्क र सीट संख्यामा बृद्वि गर्नेसम्बन्धी लगायतको निर्णय तत्काल खारेज गरियोस् ।

५. कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल पूर्वाधार र जनशक्ति पुर्याएर MBBS कार्यक्रम संचालन गरियोस। कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा MDGP कार्यक्रम संचालन गर्ने अनुमति अनुचित ढङ्गले प्रधानमन्त्री कार्यालयले अडकाएर राखेकाले त्यसलाई तुरुन्त स्विकृती दिँदै शीघ्र MBBS कार्यक्रम संचालन गर्ने व्यवस्था गरियोस् । प्रदेश नं दुई र चार तथा डोटी/डडेल्धुरा, उदयपुर र इलाम/पाँचथरमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढाइयोस् ।

६. क्यान्सर लगायतका महंगा औषधिहरु भारतभन्दा ४-५ गुणा महंगो भएकाले सुपथ मूल्यमा उपलब्ध गराउने व्यवस्था गरियोस। कर्मचारी समायोजनका कारण सेवा नै अवरुद्ध भएका डडेल्धुरा लगायतका अस्पताल र स्वास्थ्य संस्थाहरुमा तत्काल दरबंदीअनुसार चिकित्सक र स्वास्थ्यकर्मीको व्यवस्था गरियोस् ।

७. संक्रमणकालीन न्यायसम्बन्धी आयोगहरुमा दलीय भागवंडाबाट रोकी पीड़ितहरुको माग अनुसार सम्बन्धित कानुन संशोधन गर्दै पीडितको विश्वास जित्ने विज्ञहरुलाई नियुक्त गरियोस् ।

प्रकाशित मिति : २५ कार्तिक २०७६, सोमबार  ११ : ५२ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन