विदेशबाट सुन ल्याउँदा लाग्ने भन्सार महशुल बढ्यो, कति ल्याउँदा कति तिर्नुपर्छ ? | Khabarhub Khabarhub

विदेशबाट सुन ल्याउँदा लाग्ने भन्सार महशुल बढ्यो, कति ल्याउँदा कति तिर्नुपर्छ ?


२५ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले विदेशबाट फर्किएका हवाई यात्रुले ल्याउने सुन तथा सुनको गहनामा भन्सार महसुल दर बढाएको छ ।

पछिल्लो समय सुन आयातमा तस्करी बढेपछि सरकारले आर्थिक ऐन संशोधन गर्दै महशुल बढाएको हो । मन्त्रिपरिषद्को बैठकले अर्थ मन्त्रालयको प्रस्तावलाई सम्बोधन गर्दै सुनमा नयाँ भन्सार महसुल दर निर्धारण गरेको हो ।

आर्थिक ऐन संशोधनपछि सुनको भन्सार महसुलमा करिब २१ प्रतिशतले वृद्धि भएको छ । सरकारले निर्धारण गरेको नयाँ भन्सार दरअनुसार विभिन्न मुलुकबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५० ग्रामसम्म सुन ल्याउने हवाई यात्रुले प्रति १० ग्राम ७ हजार पाँच सय रुपैयाँका दरलेभन्सार महसुल तिर्नुपर्ने हुन्छ ।

थप ५० ग्राम ल्याउँदा ८ हजार ५ सय रुपैयाँ पर्छ । पहिले ७ हजार २ सय रुपैयाँ थियो ।

नयाँ भन्सारदर कायम भएपछि सुनको भाउ महंगिएको छ । भन्सार दर बढेकै कारण तोलामै ११ सय रुपैयाँले बढेर ७१ हजार कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०७६, सोमबार  ८ : ५२ बजे

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा

कमलसिंह ऐरीले लिए आयरल्याण्डको विकेट

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध कमलसिंह ऐरीले विकेट लिएका छन्

प्रमोद खरेलको गीतमार्फत् अभिनयमा पुरु भण्डारीकाे डेब्यू 

काठमाडौं – प्रमोद खरेलको स्वरमा सार्वजनिक भएको गीत ‘कसैको हुन

टस जितेको नेपाल पहिला फिल्डिङमा

काठमाडौं – टी–२० सिरिज अन्त्रगतको पहिलो खेलमा नेपाल ए ले

अतिथि सत्कार घरबासमा विदेशी पर्यटक बढ्दै

गलकोट– बागलुङको पर्यटकीय गाउँ भकुण्डेमा सञ्चालित जिल्लाकै पहिलो अतिथि सत्कार