जापानी राजदम्पत्ती राजकीय परेडमा सहभागी | Khabarhub Khabarhub

जापानी राजदम्पत्ती राजकीय परेडमा सहभागी


२५ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जापान– सम्राट नारूहितोको गद्दी आरोहणको सन्दर्भमा आँधीका कारण स्थगित भएको राजकीय परेड आइतबार सम्पन्न भएको छ ।

गद्दी आरोहण कै प्रक्रिया अन्तर्गत जापानी राज परम्परा अनुसार हुने कवाजसहितको परेड दरबारबाट करिब ४.६ किलोमिटरको दुरी पार गरी राजदम्पत्तीको निवासमा पुगी सम्पन्न भएको हो ।

आइतबारको कार्यक्रममा हजारौँ नागरिकले राजदम्पत्तीलाई अभिनन्दन गरेका दृष्यहरू जापानी टेलिभिजन एनएचकेले प्रत्यक्ष देखाएको थियो ।

समारोहमा प्रधानमन्त्री सिन्जो आवे, राजकुमार अकिसिनोलागायतका उच्च पदस्थ अधिकारीको सहभागिता रहेको थियो ।

शहरका सडकका दुई किनारामा बसेका नागरिकले राजदम्पत्तीलाई अभिनन्दन गर्न पाउँदा निकै खुशी देखिएका थिए ।

राजकीय जुलुसमा नागरिकद्वारा राजदम्पत्तीलार्ई स्वागत गर्ने जापानी परम्परा हो । यससँगै गद्दी आरोहणका सम्पूर्ण कार्यक्रम सम्पन्न भएका छन् ।

राजगद्दी आरोहणका अन्य औपचारिक कार्यक्रम यस पहिले नै सम्पन्न भइसकेपनि जापानमा करिब ८० जनाको ज्यान जानेगरी गत महिना आएको आँधीका कारण परेड तथा राजकीय जुलुस स्थगित गरिएको थियो ।

शनिबार राति राजदरबारमा एक भब्य सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो । बीस हजार पाहुनालाई आमन्त्रण गरिएको कार्यक्रममा छब्बीस हजार दर्शक सहभागी भएका थिए ।

प्रकाशित मिति : २५ कार्तिक २०७६, सोमबार  ७ : ३८ बजे

उद्योग समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम

यी प्रदेशमा हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानु महाशाखाले हाल

विश्वभर प्रोस्टेट क्यान्सरका बिरामी बढ्दै

काठमाडौं – विश्वभर प्रोस्टेट क्यान्सरका बिरामी बढिरहेका पाइएको छ। सन्

गुजरातविरुद्ध दिल्लीले निकाल्यो चार रनको रोचक जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार सन्