चिनियाँ राष्ट्रपतिको विरोध गर्ने आशंकामा समाजवादी पार्टीकी नेतृ पक्राउ | Khabarhub Khabarhub

चिनियाँ राष्ट्रपतिको विरोध गर्ने आशंकामा समाजवादी पार्टीकी नेतृ पक्राउ


२४ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको समयमा विरोध प्रदर्शन गर्नसक्ने आशंकामा समाजवादी पार्टीकी एक नेतृलाई प्रहरीले पक्राउ गरेको छ ।

चिनियाँ राष्ट्रपति सी को २ दिने असन्न नेपाल भ्रमणका क्रममा प्रदर्शन गर्नसक्ने आशंकामा प्रहरीले समाजवादी पार्टीकी नेतृ सुनिता शाहलाई पक्राउ गरेको हो ।

अन्तरपार्टी महिला सञ्जाल सप्तरीकी जिल्ला अध्यक्ष समेत रहेकी साहलाई प्रहरीले शुक्रबार सप्तरीस्थित उनकै निवासबाट पक्राउ गरेको हो
। सप्तरीका एसपी कृष्ण प्रसाईंले महानगरीय प्रहरी वृत्त कमलपोखरीले पत्राचार गरेकाले उनलाई पक्राउ गरिएको बताए।

कमलपोखरी वृत्तमा रहेको पुरानो मुद्दाका सन्दर्भमा पक्राउ गर्न पत्र आएपछि नेतृ साहलाई पक्राउ गरिएको एसपी प्रसाईंले बताए ।

यसअघि चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणका क्रममा भएको प्रदर्शनमा कमलपोखरी वृत्तले नेतृ साह लगायत १० जनालाई पक्राउ गरेको थियो। सोही क्रममा साहविरुद्ध पनि अभद्र व्यहारको मुद्दा चलाइएको थियो ।

चिनियाँ राष्ट्रपति सीको भ्रमणका क्रममा पनि पुनः प्रदर्शनमा सहभागी हुनसक्ने आशंकाका बीचमा साहलाई पुरानो मुद्दामा जोड्दै पक्राउ गरिएको जनाइएको छ।

प्रकाशित मिति : २४ आश्विन २०७६, शुक्रबार  ८ : १३ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६