रोशनी शाहीको नयाँ विज्ञप्ति– महरा निर्दोष, प्रहरीले बन्धक बनाएर जाहेरी दिन लगायो | Khabarhub Khabarhub

रोशनी शाहीको नयाँ विज्ञप्ति– महरा निर्दोष, प्रहरीले बन्धक बनाएर जाहेरी दिन लगायो


२४ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि यौन दुर्व्यवहारको किटानी जाहारी दिएकी रोशनी शाहीले आफूलाई बन्धक बनाएर जाहेरी दिन लगाएको आरोप लगाएकी छिन् ।

शुक्रवार एक विज्ञप्ति सार्वजनिक गर्दै शाहीले आफूलाई प्रहरीले बन्धक बनाएर किटानी जाहेरी दर्ता गर्न लगाएको आरोप लगाएकी छिन् ।

आफूले असोज १५ गते महानगरीय प्रहरी वृत्त बानेश्वरमा गई सत्य तथ्य बताउँदै असोज १२ गते महरा आफ्नो कोठामा नआएकोले बलात्कार प्रयासको कुरै नभएको र महरा निर्दोष भएको उल्लेख गरेको निवेदन दर्ता गराएको भएपनि असोज १७ गते करिब ८ः४५ बजे प्रहरी वृत्त बानेश्वरले सोधपुछका लागि भनेर बोलाई ९ घन्टा बन्धक बनाएको उनको आरोप छ ।

विज्ञप्तिमा उनले लेखेकी छिन्,‘९ घन्टासम्म बन्ध बनाइ मनोवैज्ञानिक तथा मानसिक दबाब दिएर कृष्णबहादुर महराले करणी प्रयास गरेको फेरि निवेदन दर्ता गर्ना लगाइएको हो ।’

उनले अगाडि लेखेकी छिन्,‘सत्य तथ्य निवेदन मैले १५ गते दर्ता गराएको नै हो । सत्य तथ्य जानकारी गराउन पत्रकार सम्मेलन गर्ने तयारी गरेपनि देशैंको कारण सम्भव भएन ।’

१९ गते पत्रकार सम्मेलन गर्ने तयारी गरेपनि प्रहरीको कडा निगरानीका कारण सम्भव नभएको उनको भनाइ छ ।

आफ्नो शारीरिक अवस्थाको फाइदा उठाउँदै आफू एक्लै भएको बेलामा जबरजस्ती कोठामा आइ अन्तर्वार्ता लिइएको र अनुमति विना सामाजिक सञ्जालमा राखेर बेइजत गर्ने कार्य गरेको भन्दै पत्रकारमाथि पनि आक्रोश पोखेकी छिन् ।

प्रकाशित मिति : २४ आश्विन २०७६, शुक्रबार  ५ : ०६ बजे

इजरायल–इरानबीच तनाब बढ्यो : इरानमाथि आक्रमण सुरु

काठमाडौं– पछिल्लो साता अरबका दुई मुलुक इजरायल र इरानबीच तनाव

बेनीमा कृषि बजारको भवन निर्माण सुरु

म्याग्दी– जिल्लाको सदरमुकाम बेनी बजारमा कृषि बजार निर्माण निर्माण सुरु

खेलकुद परिषद्को सर्कुलरले हच्किए सङ्घ अध्यक्ष

काठमाडौं – शनिबार ललितपुर सातदोबाटोमा नेपाल पौडी सङ्घको चुनावी साधारण

विपिन जोशीका परिवारले भेटे प्रधानमन्त्रीलाई 

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग हमासको कब्जामा रहेका विपिन जोशीको

सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना, ३ जनाको मृत्यु 

दोलखा– दोलखाबाट बिहे लिएर सिन्धुपाल्चोक जाँदै गरेको बस दुर्घटना हुँदा