भ्रमण वर्ष लक्षित एक्स्पो हुने | Khabarhub Khabarhub

भ्रमण वर्ष लक्षित एक्स्पो हुने


२५ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं‍- नेपाल भ्रमण वर्ष–२०२० लाई लक्षित गरी नेपाल–इण्डिया–चाइना एक्स्पो (नाइस) हुने भएको छ ।

प्यासिफिक एशिया ट्राभल एशोसिएशन (पाटा) नेपाल च्याप्टरको आयोजना र नेपाल भ्रमण वर्ष–२०२० सचिवालय तथा नेपाल पर्यटन बोर्डको समन्वयमा आगामी २१ देखि २४ फेब्रुअरी २०२० मा काठमाडौंमा एक्स्पो हुने  जनाएको हो ।

पाटाका नेपाल च्याप्टर अध्यक्ष सुनिल शाक्यले भ्रमण वर्षको अवसरमा नेपालको पर्यटन प्रवद्र्धन तथा विकासका लागि पर्यटन स्रोत बजार चीन र भारत हुने भएकाले ती दुई देशका पर्यटकलाई लक्षित गरी कार्यक्रम गर्न लागिएको बताए ।

अध्यक्ष शाक्यले नेपालको अवस्थिति, ऐतिहासिक, भौगोलिक, सांस्कृतिक, जैविक विविधता, प्राकृतिक सौन्दर्यता, नेपाली पर्यटन क्षेत्रको प्रवद्र्धन, विकास र विस्तार गर्न कार्यक्रमले सहयोग गर्ने भन्दै दुई देशबाट पर्यटन आगमन हुने सम्भावनासमेत रहेको बताए ।

पत्रकार सम्मेलनमा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले भ्रमण वर्षमा पनि सरकारले चीन र भारतबाट बढीभन्दा बढी पर्यटक भित्र्याउने योजना राखेको बताए ।

भ्रमण वर्ष २०२० अभियानका राष्ट्रिय कार्यक्रम संयोजक सुरज बैद्यले चीन र भारत ठूला पर्यटन स्रोतको बजारको रुपमा रहेकोले कार्यक्रमले ती बजारबाट पर्यटन भित्र्याउन सहयोग मिल्ने बताए ।

प्रकाशित मिति : २५ भाद्र २०७६, बुधबार  ९ : ४६ बजे

विवाहित महिलाले अरूलाई बाँड्न नहुने यी शृङ्गार

काठमाडौं–  विशेष गरी महिलाहरू एक अर्कामा सामानहरू साटासाट गरेर चलाउने

कर्णाली नदीमा हाम फाल्दा बेपत्ता भएका युवक अझै भेटिएनन्

घोडाघोडी– चार दिन अघि कैलालीको चिसापानी पुलबाट कर्णाली नदीमा हाम

सबैभन्दा धेरै अपराध कोशी प्रदेशमा 

काठमाडौं– सात प्रदेशमध्ये सबैभन्दा धेरै गम्भिर प्रकारका अपराध कोशी प्रदेशमा

शिक्षाले मात्रै गाउँको परिवर्तन हुन्छ : मन्त्री राई

धनकुटा– खानेपानीमन्त्री राजेन्द्रकुमार राईले शिक्षाको विकासले मात्रै गाउँको परिवर्तन हुने

खुवालुङ : चुलियो चर्चा, संरक्षणको छैन सुरसार

किराती समुदायले आफ्नो आस्था केन्द्र रहेको भन्दै संरक्षणमा जुटेपछि एकताका